सुर्खेतमा ध्वनि प्रदूषण गराउने ३१ मोटरसाइकल नियन्त्रणमा

सुर्खेत ,२३ पुस ः जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले ध्वनि प्रदूषण फैलाउने तथा स्वरूप परिवर्तन (मोडिफाई) गरिएका ३१ मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

पछिल्लो समय साइलेन्सर पाइप परिवर्तन गरी चर्को आवाज निकाल्ने, पड्काउँदै हिँड्ने र अत्यधिक ध्वनि प्रदूषण गर्ने सवारी साधन बढेको भन्दै नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रमुख रोहित कुमार शाहीले बताउनुभयो ।

गुनासोलाई सम्बोधन छुट्टै चेकिङ टोली परिचालन गरिएको थियो । करिब एक महिनाको अवधिमा गरिएको विशेष चेकजाँचका क्रममा ३१ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो ।

नियन्त्रणमा लिइएका सबै मोटरसाइकललाई आवश्यक थप कारबाही प्रक्रियाको लागि यातायात व्यवस्थापन कार्यालय सुर्खेत पठाइएको ट्राफिक प्रहरीले जनाएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!