भूकम्प प्रभावित कल्पत गाउँमा ‘एक घर, एक धारा’

जाजरकोट ः भूकम्पले पानीको मुहानै समस्या आएपछि खानेपानीको समस्या भोग्दै आएका जाजरकोट नलगाड नगरपालिका–१ कल्पतगाउँका स्थानीयबासीले पिउने पानीको सुविधा पाएका छन् ।

२०८० कात्तिक १७ गते रामीडाडाँ केन्द्र विन्दु बनाएर गएको भूकम्पबाट खानेपानीमा समस्या आएको थियो । हाल नलगाड नगरपालिकाले एक घर , एक धारा निर्माण गरेपछि स्थानीयबासीलाई पिउने पानीको सहजता आएको छ । कल्पतका १ सय ३८ घरधुरीमा ‘एक घर, एक धारा’ निर्माण गरिएको नगर उपप्रमुख देवका लामिछानेले बताउनुभयो । श्रमदान सहित रु ५० लाख ५० हजार रुपैयाँमा खानेपानी निर्माण भएको उहाँले जानकारी दिनुभयो ।

घर–घरमा धारा, पानी शुद्धीकरणका लागि सोलार सिस्टमसहितको वाटर डोजिङ मेसिन, इन–लाइन कोलोरेसन, लाइम–रिमुभेबल मेसिन जडान तथा हरेक घरमा शौचालय निर्माण गरिएको छ । साथै गाउँमा गल्ने–जल्ने फोहोर व्यवस्थापनका लागि दीर्घकालीन योजना पनि अघि बढाइएको छ । कल्पतमा भूकम्प भन्दा पहिला सार्वजनिक धारा रहेकोमा अब घर ,घरमा पानीको धारा निर्माण गरिएपछि पानीको लागि सहज भएको वडाध्यक्ष धमेन्द्र महरले जानकारी दिनुभयो ।

योजनाका सबै सूचक पूरा भएकाले नलगाड नगरपालिकाले मंसिर २० गते कल्पत गाउँलाई ‘सुरक्षित खानेपानीयुक्त समुदाय’ घोषणा गरेको नगर प्रमुख डम्बरबहादुर रावतले जानकारी दिनुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!