नलगाडमा विद्यालय समायोजन सम्पन्न

जाजरकोट / नलगाड नगरपालिकाले विद्यालय समायोजन कार्य सम्पन्न गरेको छ । नगर शिक्षा समितिको निर्णय २०८२ / ५ / ११ निर्णय र नगरकार्यपालिका को निर्णय २०८२ / ८ / २९ निणर्यानुसार सार्वजनिक विद्यालय समायोजनका लागि सिफारिस भइ आएका १६ वटा प्राथमिक विद्यालयलाई शिक्षा विकास तथा समन्वय एकाई जाजरकोटमा सिफारिस गरिएको थियो ।
३२ वटा प्राथमिक विद्यालयलाई १६ वटा विद्यालयमा गाभेर काम थालिएको शिक्षा शाखाका स्रोत व्यक्ति मणिराम पोखरेलले जानकारी दिए । नलगाडमा ७१ वटा विद्यालय रहेका छन् । १० वटा माध्यमिक विद्यालय , १० वटा निमावि , ५१ वटा प्रावि विद्यालय रहेका छन् । त्यो मध्ये ३२ वटा प्राविलाई समायोजन गरेर १६ वटामा झारिएको छ । २७ वटा विद्यालयमा अनुदान उपलब्ध गराएको छ । विद्यार्थी संख्य धेरै देखाएर विद्यालयमा कम विद्यार्थी उपस्थिती हुने अवस्थालाई न्यूनिकरण गर्न यो कदम चालिएको छ ।
अब शिक्षक समायोजनको काम समेत सुरु गर्न लागिएको छ । आधारभुत तहको कक्षा ५ सम्मा पढाइहुने विद्यालय समायोजन भएमा २० लाख , कक्षा ८ सम्माको विद्यालयलाई ३० लाख , माध्यमिक तहको विद्यालय समायोजन भएमा ५० लाख रुपैयाँ प्रोत्साहन अनुदान रकम उपलब्ध गराउने नीति शिक्षा मन्त्रालयको रहेको छ । बिद्यार्थी भर्ना दरमा बृद्धी गर्न पटक पटक सचेत गराई गत आवमा १४ जना शिक्षकलाई काजमा अन्य विद्यालय मा लिदा पनि बिद्यार्थी सङख्यामा उल्लेख्य बृदि नहुदा समायोजको कार्य गर्नु परेको नगरपालिकाले जनाएको छ ।







