जाजरकोटमा भूकम्पबाट भत्किएका २६ स्वास्थ्य ,विद्यालय निर्माण गर्ने निर्णय

हेमन्त केसी

सुर्खेत /  कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जाजरकोटका २६ वटा विद्यालय ,स्वास्थ्य संस्था निर्माण गर्नका लागि निर्णय गरेको छ । पालिकाको सिफारिसमा २६ वटा भौतिक संरचना प्रदेश सरकारले बनाउन लागेको हो । २०८० कात्तिक १७ गते रामीडाँडा केन्द्र विन्दु बनाएर गएको भूकम्पबाट क्षती भएका भौतिक संरचना निर्माण गर्न लागिएको हो ।

रु १२ करोड ७० लाखमा भूकम्पबाट भत्किएका स्वास्थ्य संस्था र विद्यालय निर्माण गर्न उक्त रकम दिने निर्णय भएको पूर्वाधार विकास महाशाखाका सिनियर डिभिजनल ईन्जिनियर प्रेमबहादुर ओलीले जानकारी दिनुभयो । चालु आर्थिक वर्ष भित्र निर्माण गर्ने उदेश्यका साथ २१ वटा विद्यालय र ५ वटा स्वास्थ्य भवन निर्माण गर्नका लागि बजेट पठाएको उहाँले जानकारी दिनुभयो । सात पालिकामा भूकम्पबाट भत्किएका विद्यालय र स्वास्थ्य संस्था निर्माण गर्न निर्णय गरेको थियो । बारेकोट गाउँपालिकामा चार वटा विद्यालय निर्माण हुने भएका छन् । बारेकोट १ को हिमालय देवी विद्यालयमा रु ५२ लाख , वडा नम्वर ३ को जनप्रिय आधारभुत विद्यालय स्याला मुलसामलाई रु ६५ लाख , वडा नम्बर ४ को हिमालय आधारभुत विद्यालय गोठगाउँलाई रु ५१ लाख र वडा नम्बर ८ को विश्व आधारभुत विद्यालय सेपुखोलालाई रु ४५ लाख रकम उपलब्ध गराउने निर्णय भएको छ ।

त्यस्तै नलगाड नगरपालिकाका तीन वटा विद्यालय निर्माण हुने भएका छन् । नलगाड १ को जन आर्दश प्राथमिक विद्यालय ज्ञानेचौरलाई रु ५० लाख , वडा नम्बर ९ को जनस्वास्थ्य प्राथमिक विद्यालय बासकोटलाई रु ५२ लाख र वडा नम्बर ४ को भानुभक्त माध्यमिक विद्यालय लहँलाई रु ३० लाख रकम दिने निर्णय भएको छ । भेरी नगरपालिकामा दुइवटा विद्यालय निर्माण गर्न छनोट गरिएको छ । वडा नम्बर २ को शंकर भवन माध्यमिक विद्यालय बाहुनथानालाई रु ४८ लाख , वडा नम्बर १ को शिव माध्यमिक विद्यालय कालेगाउँलाई रु ४२ लाख रकम रुपैयाँमा भवन निर्माण गर्ने निर्णय भएको छ ।

छेडागाड नगरपालिकामा तीन वटा विद्यालय निर्माण गर्न निर्णय भएको छ । छेडागाड १ को पिपलचौतारी आधारभुत विद्यालयमा ५० लाख , वडा नम्बर ८ को पशुपती आधारभुत विद्यालय रौतनगाउँमा ५० लाख , वडा नम्बर ३ को सरस्वती आधारभुत विद्यालय चुवादेवलीमा ५० लाख रकम दिने निर्णय भएको छ । कुशे गाउँपालिकामा दुइ वटा विद्यालय निर्माण हुने भएका छन् । जनविकास प्राथमिक विद्यालय कुशे ०६ घरङ्गलाई रु रु ५० लाख , वडा नम्वर ४ को धारापानी आधारभुत विद्यालयलाई रु ५० लाख रकममा विद्यालय बनाउने निर्णय भएको छ ।

शिवालय गाउँपालिका ७ चन्द्रज्योति आधारभुत विद्यालय लयलकाडा ४३ लाख , वडा नम्वर २ को इन्द्रज्योति आधारभुत विद्यालय लयकाडाको भवन निर्माण गर्न ५० लाख रकम बिनियोजन भएको छ । जुनिचाँदे गाउँपालिकामा पाँच वटा विद्यालय निर्माण हुने भएका छन् । जुनिचाँदे ६ को मालटाकुरा प्राथमिक विद्यालय वडासेनामा रु ५७ लाख , वडा नम्वर २ को महादेव प्राथमिक विद्यालय ५० लाख , वडा नम्वर ४ को जनशक्ति प्राथमिक विद्यालय निर्माण गर्न रु ५५ लाख , वडा नम्वर ११ को महेन्द्र माध्यमिक विद्यालयमा रु ५५ लाख , वडा नम्वर ३ को नेपाल राष्ट्रिय आधारभूत विद्यालय निर्माण गर्न रु ५५ लाख रकम बिनियोजन गरिएको छ ।

त्यस्तै स्वास्थ्य तर्फ बारेकोट गाउपालिकामा– २ वटा निर्माण हुने भएका छन् । वारेकोट ४ को सामुदायिक स्वास्थ्य इकाई मैनालाई रु ५२ लाख , वडा नम्वर २ को स्वास्थ्य शाखा बारेकोटलाई रु ३० लाख रकम बिनियोजन गरिएको छ । भेरी नगरपालिका १३ कुदुमा रहेको स्वास्थ्य चौकीका लागि रु ४३ लाख , छेडागाड नगरपालिका वडा नम्वर २ को पोखरा वथिंङ सेन्टर भवन निर्माण गर्न ४५ लाख , कुशे गाउँपालिका ३ को आधारभूत स्वास्थ्य चौकी निर्माण गर्न रु ५० लाख रकम बिनियोजन भएको छ । रुकुम पश्चिमको पनि केही दिन भित्र निर्माण हुने ओलीले जानकारी दिनुभयो ।

School _20260101_0001_yvqo1es




सम्बन्धित समाचार


error: Content is protected !!