कर्णाली राजमार्गको कालीकोट खण्ड कालोपत्र र चौडा हुँदै

कालीकोट ः कर्णाली राजमार्गको ‘गाल्जे(मान्म खण्ड र हुल्म मान्म’ सडकको कालोपत्र तथा स्तरवृद्धिको काम द्रुत गतिमा भइरहेको छ। पाँच वटा ठेक्का मार्फत राजमार्गमा कालोपत्र तथा सडक चौडा गर्ने काम भइरहेको हो।

कालीकोटको बाली(मान्म र हुल्म(मान्म खण्डमा ४ किलोमिटरका ३ वटा ठेक्का र डेढ किलोमिटरका दुई वटा ठेक्का गरी ५ वटा ठेक्का मार्फत १५ किलोमिटर चौडा र कालोपत्र गर्ने गरी काम भइरहेको सडक डिभिजन जुम्लाका इन्जिनियर सौरभकुमार सिंहले जानकारी दिए। उनले भने, ‘दहिखोला–खुलालु सडक खण्डमा डबल कटिङ, स्ट्रक्चरसहित पक्की ढलानको काम पनी सुरु हुने भएरहेको छ।’

यस्तै हुल्म -सेरिघाट सडक खण्डको २०७८/ ७९मा विकास श्रीर्या जेभिले पाएको कामको ढलान र कालोपत्रको काम पनि सुरु भएको सडक भिडिजन जुम्लाले जनाएको छ।

हालै मात्र कालीकोटको खाँडाचक्र नगरपालिकाको जिरोपइन्टमा आरसीसी ढलानको काम समेत सुरु गरिएको छ। यस्तै जुम्लामा २५ किलोमिटर सडक कालोपत्र गरिसकेको सडक डिभिजन जुम्लाले जनाएको छ। अहिले नाग्म–गाल्जे र दहिखोला–खुलालु खण्डमा कालोपत्रका लागि ठेक्का भएर सम्झौता हुन बाँकी रहेको छ।

कालीकोट सडक खण्डअन्तर्गत, हुल्मदेखि मान्म, बालीदेखि, सेराबाडा, पिली, तेस्रो बाजार मौलाकाटिया,गल्ली सडक कालोपत्रसँगै चौडा र स्तरवृद्धिको काम धमाधम भएपछि कालीकोटवासी खुसी भएका छन्।

सडक सुधार भएपछि बिरामीको आवतजावत सहज हुने, बजार गतिविधि बढ्ने र व्यापार(व्यवसायमा समेत सकारात्मक प्रभाव पर्नेछ स्थानीय प्रेमबहादुर मल्लले बताए। समयमै काम सम्पन्न भए कालीकोटको सदरमुकाम मान्मसँगै मुगुको रारा ताल र जुम्लातर्फ जाने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज हुने विश्वास गरिएको छ।

यसैबीच कालीकोटका प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयालले सडक कालोपत्रेको गुणस्तर सुनिश्चित गर्न दुई पटक स्थलगत अनुगमन गरेको बताए।

लामो समयदेखि अधुरो विकासको प्रतीक बनेको मान्म- हुल्म जाल्जे मान्म सडक खण्डमा कालोपत्र सुरु हुनु कालीकोटका नागरिकका लागि सहज भएको उनकोे भनाइ छ।

सेरिघाटदेखि मान्म अस्पताल खण्डमा कालीकोट विल्डर्सले काम धमाधम गरिरहेको निर्माण कम्पनीका गणेश पाण्डेले जानकारी दिए। उनले पुसको अन्तिममा काम सक्ने गरि भइरहेको बताए। आफ्नो निर्माण कम्पनीले सडकको मापदण्ड अनुसार गुणस्तर कायम गरि काम गरेको उनको भनाइ छ।

यस्तै चौखोलादेखि गल्लीसम्मको ८ किलोमिटर खड्का एण्ड शन कन्स्ट्रक्सनले काम सुरु गरिरहेको छ। यस्तै भैरव मष्ट निर्माण सेवाले बालीघाटको डेढ किलोमिटर र मान्म अस्पतालदेखि बजारसम्मको डेढ किलोमिटर गरी ३ किलोमिटरको काम सुरु गरेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दिपेन्द्रकुमार चौधरीले बताए।




सम्बन्धित समाचार


error: Content is protected !!