उपल्लो डोल्पामा फोरजी टावरसँगै भोट भाषामा समाचारको माग

सुर्खेत ः उपल्लो डोल्पामा रहेका टावरहरुमा समय , समयमा समस्या आउने भन्दै नयाँ फोरजी सेवा सुरु गर्न शे फोक्सुण्डो गाउँपालिकाले सूचना तथा सञ्चार प्राविद्यिमन्त्री जगदीश खरेललाई माग बुझाएको छ ।

शे फोक्सुण्डो गाउँपालिका, छार्काताङसोङ , डोल्पोबुद्ध गाउँपालिकामा फोरजी सेवा विस्तार गरेर इन्टरनेटको पहुँचमा पुर्याउन पुर्याउन मन्त्री खरेललाई माग पत्र बुझाएको हो । हाल साल्दाङ,भिजेर, छार्का,धो र फोक्सुण्डोमा जडान गरिएको टुजी टावरहरुले काम नगर्दा समस्या भएको भन्दै गाउँपालिकाले भएका टावरको मर्मत र नयाँ टावर थप गर्न आग्रह गरिएको छ । अवरुद्ध भएका टावरहरु मर्मत गर्न महिनौ लाग्ने भएकाले समस्या हुँदै आएको छ । यहाँका तीन पालिकामा उच्च गुणस्तरका फोरजी टावर निर्माण गरेर सरकारी सेवा प्रवाहमा सहज बनाइदिन आग्रह गरिएको छ । मुस्ताङ जिल्लाबाट उपल्लो डोल्पामा सडक जोडिएकाले एनटी फाइबर इन्टरनेट विस्तार गर्न समेत माग गरिएको छ ।

नयाँ , नयाँ युनिटमा समेत टावर विस्तार गर्न आग्रह गरिएको छ । भोट भाषाबाट नेपाल टेलिभिजनमा समाचार प्रशासन गर्न समेत आग्रह गरिएको छ । हिमाली २३ जिल्लामा भोट भाषा बोलिने भएकाले यही भाषाबाट हप्तामा कम्तिमा तीन पटक सम्मा समाचार प्रशारण गर्न आग्रह गरिएको छ । सडक सञ्जाल नजोडिएको उपल्लो डोल्पाबाट सदरमुकाममा सरकारी सेवा लिन जाँदा आउदा हप्ता दिन बढी लाग्ने गरेको शे फोक्सुण्डो गाउँपालिका उपाध्यक्ष पेम्मा वाङछेन गुरुङले जानकारी दिनुभयो । उपल्लो डोल्पाका जनप्रतिनिधिले पटक ,पटक नयाँ मन्त्रीहरुलाई ज्ञापन पत्र बुझाउदै आएपनि खासै सुधार भएको देखिदैन ।
केही समय अगाडी कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल फोक्सुण्डो तालको यात्रामा जाँदा गरिएको बाँचा समेत अहिले सम्मा पुरा हुन सकेको छैन । सबैले काम हुन्छ भनेर निर्देशन दिएपनि परिणाममा नदेखिएपछि स्थानीयबासीले पत्याउन नसकिदै भन्दै ठाटा सम्झिने गरेका छन् । हिमपात हुँदा उपल्लो डोल्पामा अधिकांश सञ्चार सेवा ठप्प हुने गरेका छन् । सरकारी कामहरु समेत इन्टरनेटको अभावमा सधै अपुरा हुँदै आएका छन् ।







