नलगाडका सबै पानीका मुहानको गुणस्तर परीक्षण सुरु

हेमन्त केसी
बीरेन्द्रनगर , ७ पुस ः सबैका लागि स्वच्छ ,सफा खानेपानी पुर्याउनका लागि जाजरकोट नलगाड नगरपालिका भित्रका सबै खानेपानीका मुहानहरु परीक्षण सुरु गरिएको छ । वडा नम्बर १ देखि १३ सम्माका सबै खानेपानीका मुहानहरुको गुणस्तर परीक्षणको काम सुरु भएको हो ।

पानीको गुणस्तर परीक्षण नगरी जथाभावी योजना बनाउदा पानीजन्य रोगहरुबाट स्थानीयबासीहरुमा समस्या आएको भन्दै पानीको गुणस्तर परीक्षणको काम सुरु भएको नलगाड नगरपालिकाका नगरप्रमुख डम्बर रावतले जानकारी दिए । दर्जन बढी खानेपानीका आयोजनाहरु निर्माण कार्य सुरु भएपनि पानीको परीक्षण नै नभई विगतका आयोजना निर्माण भएकाले हाल ति सबै आयोजनाको मुहानमा रहेको पानीको गुणस्तर परीक्षणको काम भएको उनले बताए ।

नलगाड नगरपालिका र सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना (सुस्वा) को समन्वयमा पानीको गुणस्तर परीक्षणको काम सुरु भएको हो । पुस ७ देखि ९ गते सम्मा चल्ने उक्त पानीको गुणस्तर शिविरमा छ वटा पारामिटर परिक्षण हुने नलगाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खडक परियारले जानकारी दिए । ईकोली, टिडिएस, पिएच, टर्बिडिटि, एफरार्सी र ईस्सी परिक्षण गरिने उनले जानकारी दिए । ३ दिनको अवधिमा करिब ३० वटा खानेपानी योजनामा गुणस्तर परिक्षण गरिने लक्ष्य राखिएको वास संयोजक चन्द्रबहादुर पुनले बताए । शिविरमा सुस्वा आयोजना बिज्ञ, संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय सुर्खेतका रसायनशास्त्री लगायतले पानीको गुणस्तर परीक्षण कार्यक्रममा सहभागी भएका छन् ।
पानीको गुणस्तर परीक्षणलाई प्रभावकारी बनाई कोही पनि नछुटोस भनेर वास एकाइका कर्मचारीहरुलाई गाउँ,गाउँमा परीचालन गरिएको संयोजक पुनले बताए । पानीमा ईकोली भएमा पेट दुख्ने , पखाला (कहिलेकाहीँ रगतसहित) , वाकवाकी, बान्ता , ज्वरोको संक्रमण हुने गर्दछ । त्यस्तै टिडिएस धेरै भयो भने पानीको स्वाद बिगिन्छ । दीर्घकालमा स्वास्थ्यमा असर पर्नुका साथै किड्नी÷पाचन समस्याको जोखिम बढ्न सक्ने विज्ञको भनाई रहेको छ । पिएच भनेको पानी वा कुनै पदार्थ कति अम्लीय वा क्षार छ भन्ने मापन हो । यो मापनबाट पानीको सुरक्षित र उपयुक्त , पानी अम्लीय , पानी बढी क्षारीय (स्वाद र स्वास्थ्यमा असर)को मापन हुने गर्छ । त्यस्तै पानीको टर्बिडिटी परीक्षण सुरु गरिएको छ ।

पानी कति धमिलो (फोहोर कण मिसिएको) छ भन्ने मापन हो । यो परीक्षणबाट पिउने पानी सुरक्षित छ कि छैन जाँच्न , धेरै टर्बिडिटी भएको पानीमा माटो, बालुवा, जीवाणु, ब्याक्टेरिया बारे जानकारी लिन , पानी पिउँदा पखाला, हैजा, टाइफाइड जस्ता रोग लाग्न सक्ने अवस्थाको मापन , रोगाणु जोखिम मूल्यांकन गर्न , धमिलो पानीमा ईकोली जस्ता जीवाणु लुकेर बस्न सक्छन् भनेर जान्नका लागि , पानी प्रशोधन प्रभावकारी छ कि छैन थाहा पाउन , फिल्टर, सेडिमेन्टेसन, क्लोरिनेसन ठीकसँग काम गरिरहेको छ कि छैन जाँच्नका लागि यो परीक्षण जरुरी हुन्छ ।

त्यस्तै पानी शुद्धिकरण प्रणालीको गुणस्तर निगरानी गर्न , वातावरणीय र स्रोत संरक्षण गर्न , नदी, खोला, इनार, मुहानमा ढल, माटो कटान, फोहोर मिसिएको छ कि छैन बुझ्न , वर्षातपछि पानीको अवस्था तुलना गर्न , मापदण्ड पालना भएको छ कि छैन जाँच्न , नेपाल सरकारको मापदण्ड बुझनको लागि यो परीक्षण गरिन्छ । पानी सफा, सुरक्षित र स्वास्थ्यका लागि उपयुक्त छ कि छैन भन्ने सुनिश्चित गर्न टर्बिडिटी परीक्षण अत्यन्तै आवश्यक हुन्छ ।
त्यस्तै खानेपानीको गुणस्तर सुनिश्चित गर्न एफआरसी र ईकोलाई परीक्षण अनिवार्य रूपमा गर्नुपर्ने भएकाले नलगाडले पनि सुरु गरेको हो । पानीमा बाँकी रहेको क्लोरिनको मात्रा र मल–जन्य प्रदूषणको अवस्था थाहा पाउन यी परीक्षण अत्यन्तै महत्वपूर्ण मानिन्छन्। एफआरसी परीक्षणबाट पानी राम्रो डिसइन्फेक्ट भएको छ कि छैन भन्ने जानकारी प्राप्त हुन्छ। पानीमा पर्याप्त मात्रामा क्लोरिन नभएमा ब्याक्टेरिया तथा भाइरस नष्ट हुन नसक्ने जोखिम रहन्छ भने धेरै क्लोरिन हुँदा पानीको स्वाद र स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ। विश्व स्वास्थ्य संगठनका अनुसार पिउने पानीमा एफआरसीको मात्रा ०.१ देखि ०.५ मिलिग्राम प्रतिलिटर उपयुक्त मानिन्छ।

त्यसैगरी, ईकोलाई परीक्षण पानीमा मानव वा जनावरको दिसाबाट आएको प्रदूषण छ कि छैन भन्ने पहिचान गर्न गरिन्छ । ईकोलाई भेटिनु भनेको पानी असुरक्षित भएको स्पष्ट संकेत हो। स्वास्थ्य मापदण्डअनुसार पिउने पानीमा ईकोलाई शून्य (०÷१०० मिलिलिटर) हुनुपर्ने व्यवस्था छ। स्वास्थ्यकर्मीहरूका अनुसार दूषित पानीका कारण पखाला, हैजा, टाइफाइड जस्ता पानीजन्य रोग फैलने सम्भावना उच्च हुन्छ । विशेषगरी वर्षायाममा पानीका मुहानहरू दूषित हुने भएकाले नियमित परीक्षण झनै आवश्यक हुने उनीहरूको भनाइ छ । यि सबै परीक्षण नलगाडका सबै पानीका मुहान तथा निर्माणधिण खानेपानीको आयोजनाहरुमा हुन लागेको वास संयोजक पुनले बताए ।




सम्बन्धित समाचार


error: Content is protected !!