शे फोक्सुण्डोमा ३८ करोड भन्दा बढीको सौर्य उर्जाबाट विद्युतीकरण सुरु

 
डोल्पा ः उपल्लो डोल्पामा रहेको शे फोक्सुण्डो गाउँपालिकामा विद्युतीकरण गर्न रु ३४ करोड भन्दा बढीको आयोजना सञ्चालन भएको छ ।
गाउँपालिकाको १० प्रतिशत र बैकल्पिक उर्जा प्रवद्धन केन्द्रको ९० प्रतिशत लगानीमा सौर्य उर्जा जडान गरेर विद्युतीकरणको काम हुन लागेको प्रमुख प्रशासकीय अधिकृत सुमन ढकालले जानकारी दिनुभयो । ढकालका अनुसार गाउँपालिकाको १ , २ , ३ र ५ नम्वरमा रहेका सबै घर ,गुम्वा तथा विद्यालयमा सौर्य प्रर्णालीबाट विद्युत सेवा पुर्याउन लागिएको हो । झण्डै ३८ करोड ३४ लाख रुपैयाँमा निर्माण हुन लागेको सौर्य उर्जाको प्रोजेक्ट २८७ किलोवाट उत्पादन हुने छ ।


४४५ भन्दा बढी घरधुरीलाई विद्युतीकरण गर्ने लक्ष्य लिएको अधिकृत ढकालले जानकारी दिनुभयो । अहिले सौर्य उर्जा उत्पादन गर्ने डोल्पाको जुफाल विमानस्थलबाट हेलिकोप्टरमा ढुवानीको काम चलिरहेको छ । हेलिकोप्टरमा झुण्ड्यिाएर उक्त सामाग्रीहरु शे फोक्सुण्डो गाउँपालिकामा ढुनानीको काम चलिरहेको उहाँले जानकारी दिनुभयो । गाउँपालिकाको वडा नम्वर ४ मा अघिल्लो सौर्य उर्जा जडानको काम भइकेको थियो । बाँकी ८ र ९ मा स्थानीय माइक्रो जलविद्युत आयोजना निर्माण गरेर विद्युतीकरण भइरहेको छ । केन्द्रीय प्रशारण लाइन निर्माण हुन नसकेको शे फोक्सुण्डो गाउँपालिकामा सौर्य उर्जा मार्फत अधिकांश वडाहरुमा विद्युतीकरणको काम सञ्चालन भएको गाउँपालिकाका उपाध्यक्ष पेम्मा वाङछेन गुरुङले जानकारी दिनुभयो ।

सुर्यको प्रकाशबाट विद्युत उत्पादिन गरेर गाउँ ,गाउँमा लाइन विस्तार गरी अध्यारो मुक्ता बनाउने अभियान चलिरहेको उहाँले बताउनुभयो । ४४५ भन्दा बढी घरधुरीले छिट्टै विद्युतको सेवामा पुग्ने उहाँको भनाई रहेको छ । नेपाल टेलिकमको टावरमा फोर जी सेवा सञ्चालन गरेर इन्टरनेटको पहुँचमा ल्याउन समेत नेपाल टेलिकमलाई उहाँले अनुरोध गनुभयो । हिमालय क्षेत्र भएकाले सौर्य उर्जा नै सही भएको अधिकृत ढकालले बताउनुभयो । उहाँले भन्नुभयो ,‘ केन्द्रीय प्रशारण लाइन यहाँ ल्याउन सम्भावना कम भएकाले सौर्य उर्जा मार्फत बत्ती बाल्ने काम सुरु हुन लागेको छ ।

सदरमुकाम दुनैमा मुस्किलले पुगेको केन्द्रीय लाइन उपल्लो डोल्पामा पुर्याउन सम्भावना नभएको अवस्था छ । ” वर्षमा आधा समय हिउले ढाक्ने शे फोक्सुण्डोमा जलविद्युत भन्दा सौर्य उर्जा नै उपयूक्त भएको गाउँपालिकाका उपाध्यक्ष गुरुङले बताउनुभयो । जुफाल विमानस्थलबाट हेलिकोप्टरमा निर्माण व्यवसायीले सामग्री ढुवानीको काम सुरु गरिरहेको उहाँले बताउनुभयो । विद्युतीकरण हुन वित्तिकै इन्टरनेट देखि अन्य सेवा समेत सुरु हुने पालिकाले अपेक्षा गरेको छ । पालिकामा अहिले विद्युत नहुँदा काम गर्न सक्ने वातावरण नभएको भन्दै सेवा प्रवाह प्रभावित हुदै आएको छ ।





error: Content is protected !!