चार दिन देखि तीन जिल्लाको सञ्चार सेवा बन्द

सुर्खेत /  रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको गोतामकोटमा रहेको नेपाल टेलिकमको रिपिटर टावरले काम नगर्दा जाजरकोट , रुकुम पश्चिम र डोल्पामा स्थानीयबासीलाई समस्या भएको छ ।

आठबीसकोट–६ दामाचौरमा रहेको टावरमा गोतामकोटले नेटवकिङ्ग गर्ने भएकाले यो टावर चार दिन देखि बन्द हुँदा जाजरकोटको नलगाड नगरपालिका १२,१३ मा पूर्ण रुपमा सञ्चार सेवा ठप्प भएको छ । आठबीसकोट, ५,६ मा समेत समस्या भएको छ । त्यस्तै डोल्पाको मुडकेचुला गाउँपालिकामा समेत असर गरेको छ । त्यहाँ रहेका दुई वटा टावरमा गोतामकोटबाटै नेटवकिङ गर्ने भएकाले सो ठाउँमा समेत समस्या आएको नेपाल टेलिकम डोल्पामा प्राविद्यिक नवराज भट्राईले जानकारी दिनुभयो ।

गोतामकोटको टावर मर्मतका लागि प्रदेशमा जानकारी गराएको नेपाल टेलिकम जाजरकोटका निमित्त प्रमुख प्रकास उपाध्ययले जानकारी गराउनुभयो । प्रदेश प्रमुख डाक्टर कमल लामीछानेले समस्या बारे बुझेर कर्मचारी खटाउने बताउनुभयो ।





error: Content is protected !!