जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा एक जना थुनुवाको मृत्यु

सुर्खेत , २१ कात्तिक ः जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा एक जना थुनुवाको मृत्यु भएको छ । शुक्रबार बिहान लागुऔषध कारोबार मुद्दामा थुनामा रहेका जिल्लाको वीरेन्द्रनगर– ११, पिपिराका ३५ वर्षीय गंगे सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले शुक्रबार बिहान कर्णाली प्रदेश अस्पतालमा सुनारको उपचारका क्रममा मृत्यु भएको जानकारी दिनुुभयो । उहाँका अनुसार सुनार बिहान ५ः५८ बजेको समयमा सुतेको ओछ्यानमै बेहोस अवस्थामा भेटिएका थिए ।
‘उहाँसँगै सुतेका साथीहरूले बिहान उठाउन खोज्दा नउठेपछि ड्युटीमा भएका प्रहरीलाई खबर गरेका थिए,’ उहाँले भन्नुभयो, ‘हामीले तत्कालै प्रदेश अस्पतालमा उपचारका लागि पु¥याएपछि चिकित्सकले मृत घोषणा गर्नुभएको छ ।’ उहाँका अनुसार उनको मृत्युपछि हिरासतमा जडान गरिएको सीसीटीभी फुटेज हेरिएको छ । फुटेजमा सुत्नुअघि बाथरुमबाट टाउको नुहाएर बाहिर निस्किएका थिए । उनी सुतेको समयमा घुर्ने भएकाले राति साथीहरूले नघुर्न भनेर उठाएको फुटेजमा देखिएको छ ।
उनी ७८ दिनदेखि हिरासतमा रहेको डीएसपी बुढथापाले बताउनुभयो । उहाँका अनुसार चार दिनअघि सरकारी वकिल कार्यालयमा मुद्दा गएर आज (शुक्रबार) उहाँको मुद्दामा पेसी थियो ।









