नलगाडको कटकेमा करोड बढी लगानीमा एक घर , एक धारा निर्माण हुँदै

जाजरकाेट / वषौँदेखि खानेपानीको समस्या भोग्दै आएका जाजरकोट नलगाड नगरपालिका–३ कटकोमा खानेपानी समस्या समाधान हुने भएको छ ।
नलगाड नगरपालिकाको रु १ करोड ५० लाख रुपैयाँ लगानीमा तुसारे खोला खानेपानी तथा सरसफाई योजना निर्माण हुने भएपछि यहाँका स्थानीयबासीहरु खुसी भएका छन् ।

१२९ घरधुरीलाई पुग्ने गरेर प्रति घरमा धारा निर्माण गर्न नगरपालिकाले उक्त बजेटको व्यवस्था गर्दै सार्वजानिक परीक्षण तथा अनुगमण समेत पुरा गरेको छ । कटके गाउँमा रहेका तीन वटा टोलमा खानेपानी पुर्याउने लक्ष्यका साथ काम सुरु भएको उपप्रमुख देवका लामीछानेले बताउनुभयो ।


उक्त गाउँमा पुर्ण सरसफाई टोल घोषणा समेत गर्न लागिएको छ । यो नगरपालिकाले निर्माण गर्ने ठुलो खानेपानीको योजना मध्यमा पर्दछ । खानेपानी मात्र नभई सरसफाइका कामहरु समेत हुने भएकाले यसलाई विशेष महत्वका साथ हेरिएको उहाँले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा सुरु भएर यही असार १० गते भित्र निर्माण कार्य पुरा गर्ने लक्ष्य समेत लिइएको छ ।

नलगाड नगरपालिकाका प्रत्येक घरमा शुद्ध खानेपानी पुर्याउने उदेश्य पुरा गर्न यो योजनाको काम सुरु भएको उपप्रमुख लामीछानेले बताउनुभयो ।
हेमन्त केसी




सम्बन्धित समाचार


error: Content is protected !!