दुनैमा रहेको भेरी नदीको बेलिब्रिज पुलको मुख्यमन्त्री कँडेलद्धारा उदघाटन

डोल्पा / डोल्पाको सदरमुकाम दुनै स्थित भेरी नदीमा बेलिब्रिज पुल ( दुनै कालिका मन्दिर देखि जिल्ला अस्पताल जोड्ने सडक) पुलको कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले उद्घाटन गर्नुभएको छ । पूर्वाधार विकास कार्यालय ,डोल्पाले ४ करोड १७ लाख ७० हजार ५९० मा आरआइडिए आरसी नेपाल प्रालिसँग सम्झौता गरेको थियो । निर्माण कम्पनीले २०८१ असार १६ गते सम्झौता गरेर २०८३ असार १५ गते निर्माण कार्य पुरा गरेको थियो ।


पूर्वाधार विकास कार्यालय , डोल्पाले उक्त पुल निर्माण गरेको हो । सदरमुकाम दुनैमा पुल नहुँदा डोल्पा अस्पताल , खाद्य व्यवस्था तथा व्यापार कम्पनी , जिल्ला कारागार , सामाजिक विकास कार्यालय , जिल्ला खेलकुद विकास कार्यालयमा जान र आउन झोलुङगे पुल प्रयोग गर्नुपर्ने बाध्यता रहेको थियो । खाद्यान्न तथा औषधि ,उपचार गर्न जाँदा र आउदा सबै भन्दा ठुलो चुनौती रहेकामा अब पुल निर्माण पछि सहज भएको छ । अस्पताल सम्मा एम्वुलेन्स लिन र ल्याउन सहज भएको छ । यो भन्दा अगाडी स्टे«चरमा राखेर बिरामीलाई पुल वारपार गराएर मात्र एम्वुलेन्स , गाडीको प्रयोग हुने गरेको थियो । भेरी नदी माथी पुल नहुँदा सबै भन्दा अस्पताल जाने र आउने बिरामी समस्यामा परेको थियो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको दुनै स्थित कार्यालयबाट खाद्यान्न ल्याउन , भण्डारण गर्न समेत समस्या हुँदै आएकोमा सो समस्या समेत अब हल भएको छ । भेरी करिडोर सडक योजनालाई समेत यो पुलबाट सघाउ पुग्ने छ । डोल्पाको सदरमुकाम दुनैको बीचबाट भेरी नदी बग्ने भएकाले सरकारी तथा अन्य कार्यालयहरु नदीको वारीपारी हुँदा काम गर्न असहज हुँदै आएको थियो ।

बेलिब्रिज पुल निर्माण भएसँगै सवारीसाधनहरु सिधैँ कार्यालयमा लिन र ल्याउन सकिने भएको छ । पाँच महिना भित्र पुल निर्माण भएको पूर्वाधार विकास कार्यालय ,डोल्पाका प्रमुख इन्जिनियर टेक बहादुर हितानले जानकारी दिनुभयो । पुल नहुँदा समयमै उपचार गर्न नपाएर यहाँका बिरामीहरु हैरानी खेप्दै आएका थिए । अब बिरामीहरु सहजै अस्पताल सम्मा पुग्न र आउन सक्ने भएको उहाँले बताउनुभयो । लामो समयको प्रतिक्षा पछि यहाँ बेलिब्रिज पुल निर्माण भएको हो ।

पुल निर्माण भएसँगै भेरी करिडोर सडक मार्फत जुफाल स्थित विमानस्थल र अन्य देशका ठुला अस्पतालमा बिरामीहरु लिन र ल्याउन सहज भएको छ । पुल नहुँदा भेरी पारी पट्टीको भागमा यातायातको पहुँच पुग्न सकेको थिएन । निर्माण सामग्री लिन र ल्याउनका लागि भेरी नदी बाधक रहदै आएको थियो । खाद्यान्न ढुवानी गर्नका लागि समेत सास्ती हुँदै आएको थियो । होटल तथा पसलहरुका साथै अधिकांश घरहरु भेरी नदीको पारीपट्टी रहेको र खाद्य व्यवस्था तथा व्यापार कम्पनीको कार्यालय भेरी पारी हुँदा खाद्यान्न ढुवानी , भण्डारण लगायतका कामहरुमा पुग्दै आएको बाधा पुल निर्माणसँगे फुकेको छ ।





error: Content is protected !!