कर्णालीका मुख्यमन्त्री डोल्पामा

डोल्पा  ,२० कात्तिक ः कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल हिमाली जिल्ला डोल्पा पुग्नुभएको छ । मुख्यमन्त्री कँडेलले भेरी करिडोर सडक खण्ड भित्र पर्ने डोल्पाको सदरमुकाम दुनै स्थित भेरी नदीमा निर्माण भएको बेलिव्रिज पुलको उदघाटन बुधबार विहान उद्घाटन गर्नुहुनेछ ।
त्यस्तै आज नै शे फोक्सुण्डो गाउँपालिका –८ छेप्काबाट निर्माण हुन लागेको पदमार्गको स्थलगत रुपमा अध्ययन गर्ने कार्यक्रम रहेको उहाँका सचिवालय सदस्य यस कुमार चपाईले जानकारी दिनुभयो ।

त्यस्तै प्रदेश सरकारले निर्माण गरिरहेको रिग्मो बस्तीको अवलोकन गर्ने कार्यक्रम रहेको छ । मुख्यमन्त्री सहित डोल्पा नै घर भएका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढा समेत डोल्पा पुग्नुभएको छ ।





error: Content is protected !!