बार्षिक बजेटमा कार्यान्वयनको अवस्था बारे मुख्यमन्त्रीको मन्त्री तथा सचिवसँग छलफल

सुर्खेत / पहिलो त्रैमासिक पुरा भएपछि कर्णाली प्रदेश सरकारले बजेट कार्यान्वयनमा देखिएका समस्या समाधानका विषयमा छलफल गरेको छ ।
मुख्यमन्त्री यामलाल कँडेल , मन्त्रीहरु तथा सचिवहरुको सहभागितामा बजेट कार्यान्वयन तथा आएको समस्याका विषयमा छलफल भएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव सुर्यमणी गौतमले जानकारी दिनुभयो । संघ सरकारले दिएको निर्देशनका विषयमा पनि छलफल भएको उहाँले जानकारी दिनुभयो ।
संघ र प्रदेश सरकारका आ आफ्नै कार्यक्षेत्र भएकाले केन्द्रको निर्देशन भन्दा पनि प्रदेश सरकारको नीति नियममा रहेर काम गर्न मुख्यमन्त्री कँडेलले निर्देशन दिएको उहाँले जानकारी दिनुभयो । जेन–जी आन्दोलन तथा दशै ,तिहारको समयमा समय केही खर्च भएका कारण काममा केही ढिला भएपनि अब कामलाई गतिशिल बनाएर अगाडी बढन मुख्यमन्त्री कँडेलले निर्देशन दिएको उहाँको भनाई रहेको छ ।
संघ सरकारले पठाएको पत्र देखाएर जनतालाई दुख दिन नहुँने कुरामा समेत सर्चेतत गराएको छ । बैठकमा सबै मन्त्री तथा सचिवलाई प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा रही बजेट कार्यान्वयन गर्न समेत समेत निर्देशन दिइएको छ । मुख्यमन्त्रीको निर्देशन अनुसार मन्त्री तथा सचिवहरुले काम गर्ने जानकारी दिएको प्रमुख स्वकीय सचिव गौतमले जानकारी दिनुभयो ।







