टुरिस्ट गाइड बोहरालाई फोक्सुण्डोबाट सेनाद्धारा उद्धार

सुर्खेत / उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिका –८ फोक्सुण्डो ताल नजिकै ढुँगा लागेर घाइते भएका डोल्पा त्रिपुरासुन्दरी नगरपालिका –९ का २५ वर्षीय टुरिष्ट गाइड धनु बोहोरालाई सेनाले उद्धार गरेको छ ।

सुक्रबार बेलुकी घाइते भएका बोहरालाई नेपाली सेनाको शार्दुल गुल्मबाट खटिएको टोलिले उद्धार गरेर शनिबार विहान चार बजे डोल्पामा पुर्याएको शे फोक्सुण्डो राष्ट्रिय निकुन्जका निमित्त प्रमुख किसोर कुमार महतले जानकारी दिनुभयो । घाइते बोहराको उपचार जारी रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कमल शाहीले जानकारी दिनुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!