लागू औषधको मुद्धा खेपिरहेका फरार कैदी फेरी लागू औषध सहित पाँच जना पक्राउ

सुर्खेत , १६ कात्तिक ः जेनजी आन्दोलनको समयमा जगन्नाथदेवल कारागार काठमाण्डौंबाट फरार भएका लागू औषध मुद्दामा कैद भुक्तान गरी रहेका सुर्खेत बीरेन्द्रनगर–७ बाट नरेन्द्र टाडा फेरी लागू औषध सहित पाँच जना पक्राउ परेका छन् ।
पाँच सय तीस मिलिग्राम आगू औषध सहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ,सुर्खेतले जनाएको छ । त्यस्तै उनी सहित बीरेन्द्रनगर नगरपालिका –८ का १९ ललिता तामाङ्गलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

नेपालगंज देखि सुर्खेत तर्फ आउँदै गरेको क.प्र. ०२–००१ ज. ०७०९ न. को ई.भि.गाडिलाई रोकी चेकजाँच गर्न क्रममा सुर्खेत वीरेन्द्रनगर नगरपालिका –११ का १८ वर्षीया बिशाल ठाडा मगर, वडा नम्बर १२ का २२ वर्षीय राजु सुनार र वडा नम्बर ७ का १८ रमेश सुनारलाई प्रहरीले पक्रा गरेको छ । उनीहरुको साथबाट साथबाट शुद्द २ ग्राम (दुई ग्राम) लागूऔषध ब्राउनसुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापा भनाई रहेको छ ।









