हिमपातले शे फोक्सुण्डो निकुन्जका सुरक्षा टिम तल्लो क्षेत्र सारिदै , कोर क्षेत्र भन्दा बाहिर निकुन्ज कार्यालय स्थापना हुँदा निकुन्जको सुरक्षामा चुनौती

सुर्खेत , १४ कात्तिक ः मंगलबार देखि परेको हिमपातका कारण डोल्पामा रहेको शे फोक्सुण्डो राष्ट्रिय निकुन्जमा सुरक्षा गस्ती गर्न समस्या भएको छ । हिउँ चितुवा लगायतका लोपोन्मुख जनावारहरुको चोरी , सिकारी नियन्त्रण गर्नका हुँदै आएको सुरक्षा गस्ती हिमपातका कारण चुनौती थपिँएको हो । कात्तिक लागेसँगै चिसो बढनुका साथै त्यसमै हिमपात भएपछि सुरक्षाका लागि खटिएका नेपाली सेना तथा निकुन्जका कर्मचारीलाई समस्या भएको हो ।
उच्च भाग भएका कारण सधैँ चिसो नै मौसम हुने गर्दछ । ६ महिना माथिल्लो भाग र ६ महिना सुलिगाडमा बस्दै आएको निकुन्ज सुरक्षार्थ कटिएको नेपाली सेनाले यो पटक छिटो हिमपात भएको बताएको छ । हिमपात भएपनि पर्यटकहरु माथिल्लो भागमा रहेका कारण उद्धार तथा अन्य सुरक्षाका कामहरु हुने भएकाले फोक्सुण्डो ताल नजिकै रहेको निकुन्जको सुरक्षामा खटिएको नेपाली सेनाले जानकारी दिएको छ । त्यस्तै अघिल्लो वर्ष भन्दा यो वर्ष अगाडी हिमपात भएका कारण खटन ,पटनमा समस्या अलि छिटो भएको बताएको छ । निकुन्ज रहेको क्षेत्र अग्ला हिमाल हुनुका साथै १२ महिना हिउँले ढाक्ने क्षेत्र समेत रहेका छन् । चिसो तथा हिमपातले गर्दा स्थानीयबासीलाई सास्ती हुने गरेको छ । निकुन्ज भित्र २५ वटा गाउँ रहेका रहेका छन् । यो निकुन्ज सबै भन्दा ठुलो रहेको छ । सबै भन्दा बढी हिउँ चितुवा पाइने निकुन्ज समेत यही रहेको छ । चिसो मौसममा उपल्लो डोल्पाका अधिकांश स्थानीयबासीहरु तल्लो क्षेत्र तीर चिसो छल्ने आउने गरेका छन् । निकुन्जले समेत चिसो तथा हिमपातको समयमा निकुन्जमा रहेका बन्यजन्तुको सुरक्षाका लागि विगत देखि विशेष पहल गर्दै आएको छ ।
चिसोमा फाइदा उठाएर चोरी निकासी गर्ने कार्यलाई रोक्न विशेष संयन्त्र परिचालन गरिएको निकुन्जका निमित्त प्रमुख किसोर कुमार महतले जानकारी दिए । चिसोको समयमा पलममा रहेको पोष्टबाट रिग्मो , सन्दुवा लगायतका ठाउँमा सुरक्षा गस्ती हुने गरेर व्यवस्थापन गरिएको प्रमुख संरक्षण अधिकृत नुरेन्द्र आर्यालले जानकारी दिए । उत्ता शे फोक्सुण्डो गाउँपालिका –८ का वडाध्यक्ष निमा लामाले निकुन्जको सुरक्षाको नाममा कहिलेकाँही मात्र माथिल्लो क्षेत्रमा आउने गरेको आरोप लगाए । निकुन्जको सुरक्षा स्थानीय तथा प्रकृति आफैँले गरेको छ उनले भने ,‘ वर्षमा दुई पटक अनुहार देखाएर निकुन्जको सुरक्षा हुन सक्दैन । मैले निकुन्जको टिमलाई यही सल्लाह दिएको छु । पोष्टहरु सबै खाली रहेका छन् । कार्यालय मात्र राखेर कर्मचारी बिहिन बनाएर के काम ? ’
समुद्र सतहबाट २२५० देखि ६८८३ मिटर उचाईमा पर्ने उक्त निकुञ्ज विश्वमै हिँउ चितुवा धेरै घनत्व भएको निकुञ्ज मानिन्छ । निकुञ्जका संरक्षण अधिकृत आर्यालका अनुसार आजभोली तस्करी कम भएको छ । निकुञ्ज सुरक्षार्थ बसेको सुम्दो,तोईजुम पोष्ट समेत मुख्य कार्यालय सुलिगाडमा गाभिन्छन । त्यो समयमा मान्छेहरुको चहलपहल समेत शुन्य हुने भएकाले पनि चोरी तस्करीको क्रम कम हुने उनको दावी रहेको छ । यहाँ ताल अवलोकन गर्ने भन्दै निकुञ्जको अनुमति विनानै सिधै हेलिकोप्टरहरु निकुञ्जको मुख्य भु–भागमा बसाल्ने गर्दछन् । यस्तो कार्यले वन्यजन्तु तथा जडिबुटी समेत तस्करी हुन सक्ने खतरा बढीरहेको स्थानीयबासीको आरोप छ । कोर एरिया बाहिर निकुञ्जकोे मुख्य कार्यालय छ । सेनाको गुल्म कोर एरियामा स्थापित छ । तरपनि निकुञ्जको तल्लो दक्षिणी सिमानामा यी कार्यालयहरु रहेका छन् । संरक्षित वन्यजन्तु,जडिबुटी तथा प्राकृतिक,ऐतिहाँसिक तथा धार्मिक सम्पदाहरु दुरीको हिसाबमा निकुञ्ज र सेनादेखि टाढा रहेका छन् ।
यस्तो बाध्यताले पनि विबिधताको संरक्षण सोचेअनुरुप गर्न नसकिएको स्थानीयबासीको भनाई रहेको छ । द्धन्दकालमा निकुञ्जको मुख्य कार्यालय फोक्सुन्डो गाविसको ‘पलम’मा थियो । कार्यालय संञ्चालका लागि चारवटा आधुनिक भवन बनाईएका थिए । निकुञ्जको मुख्य कार्यालय नै मध्य विन्दुमा पर्ने भएपछि निकुञ्जको सुरक्षा व्यबस्था कडाई गर्न सहज भएको थियो । हत्तपत्त तस्करहरुको निशाना पनि पर्ने सक्दैनथ्यो ।जैविक विबिधता संरक्षणमा प्रभावकारी कामकाज भएको थियो । द्धन्द्धकालमा कार्यालय भत्किएपछि ३ बर्ष विस्थापित अवस्थामा निकुञ्जको कामकाज भयो । त्यसपछि मुख्य कार्यालयनै सुलिगाडमा सरेको थियो । सुलिगाडमा निकुञ्जको मुख्य कार्यालय तथा सेनाको गुल्म छ । ‘निकुञ्जको सबै भु–भाग उत्तरीक्षेत्रमा पर्ने र मुख्य कार्यालय नै कोर एरियावाहिर पर्ने भएकाले सुरक्षा व्यबस्थामा चुनौति खडा भएको छ ।
चौधरीले भने ‘निकुञ्जको सुरक्षार्थ खटिएको मुख्य कार्यालयनै संरक्षण क्षेत्र वाहिरहुनु राम्रो कुरा होईन ।’ ठुलो भुगोल जनशक्ति अभाव ३५५५ वर्गकिमि क्षेत्रफल रहेको निकुन्जको भुगोल ठुलो छ । यो नेपालकै ठुलो निकुञ्ज मानिन्छ । डोल्पालीको आर्यआर्जनसँग जोडिएको यार्सागुम्बा संकलनकर्ताहरुका विभिन्न क्रियाकलापले अस्तित्व खतरामा परेको कार्यालय बताउँछ । जबसम्म यार्सागुम्बा संकलन कम हुँदैन तबसम्म अपराधिक चहलखेल बढ्ने निकुञ्जको दाबी छ । निकुञ्ज भित्रको मानव आवासका कारणपनि संरक्षण संबद्धनमा कठिनाई भएको कार्यालयको ठहर छ । सूचना पार्टी नहुँदा अन्योलमा पर्यटक निकुञ्जसम्म पुग्ने बाटो तथा पुलहरु जीर्ण छन् । जसले पर्यटकलाई सास्ती हुने गरेको छ । प्रत्येक बर्ष निकुञ्जमा करोडौँ बजेट आउने गरेपनि संरचना भने जेनतेन छन् ।
बाटोमा विभिन्न स्थानको सूचना दिने सुचनापार्टीहरु नहुँदा पर्यटकहरु समेत अन्योलमा पर्ने गरेको फोक्सुन्डो पुगेका पत्रकार पेशल आचार्य बताउछन् । बारम्बार ठाँउ ठाँउमा सूचनापार्टीहरु राख्ने गरेपनि यार्सागुम्बा संकलन गर्न गएकाहरुले काटेर दाउराको रुपमा प्रयोग गर्ने गरेको निकुञ्जको भनाई छ । शे–फोक्सुन्डो ताल, फोक्सुण्डो सुलिगाड झरना,शे गुम्बा,त्रिपुरा सुन्दरी मन्दिर यहाँको मुख्य आकर्षण छन् भने हिँउ चितुवा,हिमाली भालु,कस्तुरी,नावर दुर्लभ संरक्षित वन्यजन्तुहरु हुन ।यार्सागुम्बा,जटामसी,पाँचऔँले यहाँका वहुमुल्य जडिबुटी हुन्।
शे–फोक्सुण्डो नेपालको सवैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो । डोल्पा र मुगु जिल्लामा फैलिएको छ । नेपालको पश्चिमी दुर्गम हिमालपार क्षेत्रमा रहेको यस निकुञ्जमा तिब्बती वातावरणमा पाइने प्राकृतिक सम्पदा पाइन्छ । यहाँ तल्लो हिमाली क्षेत्रदेखि लिएर उच्च हिमाली र हिमालपारि क्षेत्रको तिब्बती भूमिसम्मको भू–धरातल भएकाले हिउँ चितुवा, तिब्बती खरायो, चिरु, तिब्बती गधा, नाउर लगायत हिमाली क्षेत्रमा पाइने वन्यजन्तु पाइन्छन् । यस निकुञ्जलाई डाँफे, मोनाल, चिर लगायत २०० प्रजाति पंक्षीहरू, ६ प्रजातिका सरिसृप र ३२ प्रजातिका पुतलीले जैविक विविधतामा अझ धनी बनाइएको छ ।
यहाँ पाइने हिउँ चितुवाको आहार–बिहारबारे वैज्ञानिक अनुसन्धानको नतिजाले यो निकुञ्ज हिउँ चितुवाका लागि सबैभन्दा उपयुक्त बासस्थान प्रमाणित भएको छ । काञ्जिरोवा दक्षिण (६,८६६ मि.), सिकाल्पो खाङ (६,५५६ मि.), वेज चुचुरो (७,१३९ मि.) जस्ता हिमशिखरहरू र कतिपय हिमनदीहरूले यस निकुञ्जलाई अनुपम प्राकृतिक सुन्दरता प्रदान गरेका छन् । निकुञ्जको लगभग मध्य भागमा रहेको नेपालको सबैभन्दा गहिरो फोक्सुण्डो ताललाई सन् २००७ मा रामसारमा सूचीकृत गरिएको छ । ११औं शताब्दीमा निर्मित शे गुम्बाको यही छ । गुम्बामा तिब्बती बौद्ध धर्मको शिक्षा दिइन्छ । यो राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा राख्न सिफारिस गरिएको छ ।







