छोराद्धारा आमाको फरुवा हानेर हत्या

सुर्खेत /  भेरीगंगा नगरपालिका–१२ मसिनाटोलाकी ५० वर्षीया धनिकला बस्नेतको छोरा कविराम बस्नेतले फरुवा प्रहार गरेर हत्या गरेका छन् ।

सुक्रबार विहान सात बजे धनिकला बस्नेतलाई घरमा सुतिरहेको अवस्थामा फरुवाले टाउकोमा प्रहार गरी घाइते बनाइ उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालगाउँ सुर्खेततर्फ पठाउदै गर्दा ८ ः १५ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले जानकारी दिनुभयो ।

कुटपिट गर्ने मृतकको छोरा कबिराम बस्नेतलाई इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलिले छिन्चु बजार एरियाबाट नियन्त्रणमा लिई छिन्चुमा ल्याई राखिएको प्रहरीले जनाएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!