घाइतेको हेलिकोप्टर मार्फत उद्धार

काँक्रेविहार (सुर्खेत), २१ असोज ः आरामेसिनले पेट काटदा घाइते भएका रुकुम पश्चिम सानीभेरी गाउँपालिका –४ का ५४ वर्षीय नन्दराम बुढालाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरि प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ ।
मंगलबार दिउसो जाजरकोटको भेरी नगरपालिका –१ रिम्नामा बिसी फर्निचर उद्योग सञ्चालन गरिरहेका बुढा मेसिनमा काम गरिरहेको अवस्थामा एक्कासी उक्त विद्युतीय मेसिनमा पर्दा घाइते भएपछि जाजरकोटको जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएको थियो ।
जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि हेलिकोप्टर मार्फतत सुर्खेत स्थित प्रदेश अस्पतालमा ल्याइएको जाजरकोट प्रहरी प्रवक्ता हरिराम डाँगीले जानकारी दिनुभयो ।



