बारेकोटमा भेटियो एसियाली सुनौलो बिरालो


बीरेन्द्रनगर , १६ भदौ ः जाजरकोटको बारेकोट गाउँपालिका–४ तम्तुमा एसियाली सुनौलो बिरालो फेला परेको छ । संवेदशिल जनावारको रुपमा रहेको एसियाली सुनौलो बिरालो विश्वमै पश्चिम क्षेत्रकै नयाँ रेकर्डको रुपमा रहेको प्रकृति संरक्षण अभियान नेपालका कार्यकम संयोजक तथा अनुसन्धानकर्ता बद्री बरालले जानकारी दिए । नेपालमा मात्र १३ प्रजातीको बिरामी पाइने मध्य यो पश्चिम क्षेत्रकै नयाँ रहेको उनको भनाई रहेको छ । विश्व मै नेपालमा गौरीशंकर संरक्षण क्षेत्र न्ऋब् भन्दा पश्चिमतर्फ अहिलेसम्म अभिलेख गरिएको थिएन । जाजरकोटको बारेकोटमा यो विरालो रहेको तथ्या बाहिरिएपछि नयाँ खोज गर्न तर्फ ध्यान तानेको छ ।
रुफोर्ड फाउण्डेशनको आर्थिक सहयोगमा २०२४ मे २९ देखि अक्टोबर १३ सम्म जाजरकोटको बारेकोट , कुशे गाउँपालिका तथा नलगाड नगरपालिकामा रेड पाण्डा लक्षित गरी करिब ४० वटा क्यामरा ट्र्याप जडान गरिएको थियो । जाजरकोटमा रेड पाण्डा संरक्षणका लागि गरिएको एक महत्वपूर्ण अनुसन्धानको क्रम्मा सुनौलो बिरामीको तस्बिर रेकर्ड भएको थियो । अध्ययन समितिको संयोजक बद्री बरालका अनुसार स्थानीय सरकार र समुदायसँग सहकार्य गर्दै रेड पाण्डाको बासस्थान, वितरण र जोखिम मूल्याङ्कनमा केन्द्रित अनुसन्धान सञ्चालन गरिएको थियो । अनुसन्धानमा खटिएका जीवन राई, दिपक राज बस्नेत, गोविन्द सिंह, र रमेश कठरियाले गरेको अनुसन्धानबाट बारेकोटमा यो तथ्या पत्ता लागेको छ ।
क्यामेरा ट्र्यापबाट प्राप्त सबै तस्वीरहरूलाई अध्ययन गर्नका लागि बर्गीकरण गरेर काम सुरु भएको थियो । जाजरकोटमा कैद गरिएका तस्विरहरु मध्ये बारेकोटबाट करिब १,०२७ ट्र्याप दिनहरूमा जम्मा ५९,२२८ तस्वीरहरू संकलन भएकोबराललले बताए । तस्वीर २०२४ अगस्ट २८ मा बारेकोट गाउँपालिकाको ताम्तुबाट प्राप्त भएको तस्बिरले सुनौलो बिरालो कैद भएको पाइएको उनले बताए । ती तस्वीरहरू वर्गीकरण गर्ने क्रममा एसियाली सुनौलो बिरालो जस्तो देखिने एक तस्वीर फेला परेको थियो। गङ्गाराम रेग्मी र यादव घिमिरेसहितका जंगली बिरालो विशेषज्ञहरूले उक्त खिचिएको तस्बिर सुनौलो बिरालो रहेको प्रमाणित गरेका थिए ।
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (क्ष्ग्ऋल्) अन्तर्गतको प्रजाति संरक्षण आयोगको बिरालोको विज्ञ समुहद्वारा प्रकाशित हुने वैज्ञानिक पत्रिका क्याटन्युजले हालै जाजरकोटमा पहिलो पटक एसियाली सुनौलो बिरालो फेला परेको कुरा प्रकाशनमा समेत ल्याएको छ । जंगली बिरालो प्रजातिहरूको संरक्षणमा वैज्ञानिक जानकारीको आदानप्रदान गर्ने बिरालो प्रजातिहरूको नयाँ अनुसन्धान र अवलोकनहरूलाई विश्वसामु प्रस्तुत गर्ने, नीति निर्माणकर्ताहरू, अनुसन्धानकर्ताहरू, र स्थानीय समुदायहरूलाई जानकारीमूलक सामग्री प्रदान गर्ने उद्देश्यका साथ यो पत्रिका सन् १९८४ देखि नियमित रूपमा प्रकाशित हुँदै आएको छ । यो पत्रिकाले हालसम्म संसारभरका ४० भन्दा बढी जंगली बिरालो प्रजातिहरूको संरक्षणसम्बन्धी जानकारी, अनुसन्धान, र समाचारहरू समेटिसकेको छ।
नेपालमा पाइने वन्य बिरालो प्रजातिहरू जैविक विविधताको महत्वपूर्ण हिस्सा रहेको बताएको छ । जगली बिरालो प्रजातिहरूमध्ये एसियाली सुनौलो बिरालो सबैभन्दा कम अध्ययन गरिएका प्रजातिहरूमध्ये एक रहेको छ । हालै सुनौलो बिरालोलाई क्ष्ग्ऋल् को रेड लिस्टमा “संवेदनशील“ श्रेणीमा सूचीकृत गरिएको छ । नेपालको राष्ट्रिय रेड लिस्टमा “कम तथ्याङ्क भएको“ जनावरको रूपमा वर्गीकृत गरिएको छ। यो प्रजाति नेपालका मध्यपहाडी जंगलहरूमा पाइने तथ्य पूर्वी नेपालमा क्यामरा ट्र्यापमार्फत पुष्टि गरिएको थियो।
जाजरकोटमा पहिलो पटक फेला परेको एसियाली सुनौलो बिरालोको यो वितरण क्षेत्रलाई विश्वमै पश्चिमतर्फ ३९५ किलोमिटरले विस्तार गरेको छ। यो खोजले नेपालमा साना बिरालो प्रजातिहरूको संरक्षणको आवश्यकता झनै स्पष्ट बनाएको छ। यस प्रजातिको उपस्थिति विश्व मै नेपालमा गौरीशंकर संरक्षण क्षेत्र (न्ऋब्) भन्दा पश्चिमतर्फ अहिलेसम्म अभिलेख गरिएको थिएन।
सन् २०२४ डिसेम्बर ३ देखि ७ सम्म साना जंगली बिरालो संरक्षण प्रतिष्ठान अन्तर्गत स्थापित ध्वाँसे चितुवा कार्यसमूह तथा रस्टी स्पटेड बिरालो कार्यसमूहको संयुक्त अन्तर्राष्ट्रिय बैठकमा विश्वभरका वन्य बिरालो विशेषज्ञहरू, संरक्षणकर्मीहरू, तथा संस्थागत प्रतिनिधिहरूको सहभागितामा एसियाली सुनौलो बिरालोको विश्व कै पश्चिममा पाईएको यो अभिलेखलाई प्रकृति संरक्षण अभियान नेपालका कार्यकम संयोजक बद्री बरालले प्रस्तुति दिएका थिए ।
एशियाली सुनौलो बिरालोका छवटा रंग रूप (मर्फहरू) जस्तै सुनौलो, दालचिनी, खरानी रङ्ग, कालो (मेलानिस्टिक) , ओसेलट तथा बाक्लो गुलाबधारी प्रमाणित भएको छ । बिरालोलाई विभिन्न वातावरणमा अनुकूल हुन मद्दत गर्दछ । जाजरकोटमा कालो (मेलानिस्टिक) मर्फ भेटीएको उनले बताए ।बासस्थान विनाश र जंगलको अन्धाधुन्ध दोहन, ग्रामीण बस्तीहरूमा कुखुरा तथा बाख्राहरु मारेको आरोपमा प्रतिशोध स्वरूप हत्या, साना बिरालोहरूलाई “हानिकारक“ जनावरको रूपमा हेर्ने सामाजिक धारणाले गर्दा एसियाली सुनौलो बिरालो लगायतका साना जंगली बिरालोहरु संकटमा परेका छन् ।
बारेकोट गाउँपालिकाको ताम्तु क्षेत्र राष्ट्रिय वन क्षेत्र हो संरक्षित क्षेत्रबाहिर पाईएको यो अभिलेखलाई नेपालमा मात्र नभई विश्वका मासाहारी जनावरमा काम गर्ने संघसंस्था अनुसन्धानकर्मीहरुले विशेष महत्वका साथ हेरिरहेको उनको दाबी छ । हालै सयुक्त राज्य अमेरिकाको न्युर्योक स्थित प्यान्थेरा कर्पोरिसनको क्mबिि ऋबत ब्अतष्यल ँगलम (क्ऋब्ँ) तथा अमेरिका, फ्लोरिडा राज्यमा आधारित ईष्ट कोष्ट जुलोजिकल फाउण्डेशनमार्फत् संचालित ब्रेवार्ड चिडियाखानाको विकास, संलग्नता, र स्रोतहरू भनिने कार्यक्रम बाट एसियाली सुनौलो बिरालो संरक्षणका लागि प्रकृति संरक्षण अभियान नेपालका कार्यकम संयोजक तथा अनुसन्धानकर्ता बरालले सहयोग प्राप्त भएको जानकारी दिए । परियोजनाले समुदाय–आधारित संरक्षणलाई प्रवद्र्धन गर्दै स्थानीय जनतालाई सचेतना, सहकार्य, र संरक्षणमा सहभागी गराउने उद्देश्य राखेको उनले बताए । साना बिरालोहरूको वास्तविक भूमिका र पारिस्थितिक महत्वबारे जनचेतना फैलाउने काम हुने उनले बताए ।










