नौ जना साहित्यकारलाई सम्मान

सुर्खेत / नौ जना साहित्यकारलाई सम्मान गरिएको छ । सिर्जनशिल विद्यार्थी समाजकाे आयोजनामा बीरेन्द्रनगर स्थित मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा तेस्रो सिजन काव्य श्रृखला , छ गजल गायनमा सहभागी ९ जना स्रस्टाहरुलाई सम्मान गरिएको हो ।
९ जना स्रस्टाहरुले बिभिन्न गजल रचनाहरुको गायन गरिएको थियो । गायक तथा संगितकार सन्तोष श्रेष्ठले आवाज दिनुभएको स्रस्टा सम्मान कार्यक्रममा छ जनाको गजलहरु गायन गरिएको थियो । गजलकार रमेश सुवेदीले प्यारो कर्णाली शीर्षकको गजलले सहभागीलाई उर्जा दिएको थियो । भरीभराउ मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसको हलमा प्यारो कर्णाली नामक गजलको गायनमा सहभागीलाइ उत्साहित बनाएकाे थियाे ।
“विश्व विद्यालय साहित्य समाजको अभियान अग्रजलाई सम्मान, अनुजलाई प्रत्योहसन भन्ने मसल नाराका साथ सुरु भएको तेस्रो सिजन काव्य श्रृखला , छ गजल गायनमा ” भन्ने मुल नारा रहेको उक्त कार्यक्रममा मनोरन्जन मात्र दिएन । गाउँ ठाउँका बर्णन अनि देशको अवस्था झल्किने भावहरु प्रकट भएका थिए । कार्यक्रममा गजलकार रमेश सुवेदी , ऋषि शर्मा ‘सुदामा’ , महेन्द्र चन्द ‘महासागर ’ , धिरेन अनुपम , निराजन विष्ट , लिला ढकाल पोखरेल , सुवास गौतम , ज्ञानबहादुर नेपालीलाई सम्मन गरिएको थियो ।



