दुनैमा चारजनाको उद्धार

डोल्पा / डोल्पाको सदरमुकाम दुनै नजिकै लामालोटेमा चार जना स्थानीयबासीको उद्धार गरिएको छ । भेरी नदीले बगाएर ल्याएको दाउरा निकाल्न जाँदा फसेका चार जनालाई नेपाली सेना र सशस्त्र प्रहरी बलले तीन घण्टा पछि उद्धार गरेको डोल्पाका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताउनुभयो ।

पानीको बहाब उच्च भएका कारण आज भेरी नदीको किनारमा रहेका स्थानीयबासीलाई सतर्क रहन समेत अनुरोध गरिएको छ । भेरी नदीले खतरा पार गर्न थालेकाले सर्तक रहन आग्रह गरिएको प्रजिअ महतले बताउनुभयो ।









