नदीको बहाब खतरा तहमा रहेकाले तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

डोल्पाको मुहान रहेको भेरी नदीमा पानीको सतह बढेको भन्दै जिल्ला प्रशासन कार्यालय ,जाजरकोटले सर्तक रहन आग्रह गरेको छ ।
भेरी नगरपालिका – १ रिम्नामा जाजरकोटमा रहेको भेरी रिम्ना जलमापन केन्द्रमा पानीको बहाब बढेको सूचना आएको भन्दै जिल्ला प्रशासन कार्यालय ,जाजरकोटले सूचना प्रकाशित गरेर सर्तक हुन आग्रह गरेको छ । जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले भन्नुभयो , “जलसतह बढ्दो क्रममा भई खतरा तह आसपास रहेकोले नदी तटिय क्षेत्रमा रहनुहुनेहरूले सतर्कता अपनाईराखौ नदीको किनारमा रहेका बस्तीमा रहेका स्थानीयबासीलाई सर्तक रहन आग्रह गरिएको छ । प्रहरीलाई समेत खवर गरिएको छ । ”
डोल्पाका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महततले पनि पानीको सहत केही बढेकाले सर्तक रहन आग्रह गरेको बताउनुभयो ।



