नलगाडमा सबैका लागि खानेपानी योजना निर्माण तिब्र

हेमन्त केसी
जाजरकोट/ जाजरकोटको नलगाड नगरापलिकाले शुद्ध ,सफा खानेपानी पालिका भेरी निर्माणमा तिब्रता दिएको छ । पालिकाले वर्षेनी नमुना कार्यक्रम बनाएर खानेपानी योजना निर्माण गर्न थालेपछि यहाँका स्थानीयबासीहरु खुसी भएका छन् । सम्भाव्यता अध्ययन गरेर आवश्यकताका आधारमा खानेपानी योजना निर्माण गर्दै लिएको उपप्रमुख देवका लामीछानेले बताइन् ।

वडा बस्तीका योजना छनोट गर्दा शुद्ध खानेपानी पिउन पाउने जनताको अधिकारलाई स्थापित गर्नका लागि योजना निर्माण गर्न निर्देशन नै दिइएको उनले बताइन् । प्रदेश तथा संघ सरकारसँगै विकास साझेदार निकायसँग समन्वय गरेर नलगाडका स्थानीयबासीको घर ,घरमा पानी पुर्याउने अभियानलाई तिब्रता दिइएको उनको भनाई रहेको छ । कत्तै सौर्य उर्जा मार्फत लिफ्ट गरेर त , कत्तै पानीको स्रोतलाई जम्मा गरेर भएपनि पानी पुर्याउने काम भएको उनले बताइन् । सडक निर्माण गर्दा खानेपानीका मुहानमा क्षती भएको भएमा पनि त्यसलाई हल गर्न विस्तृत योजना बनाएर काम भइरहेको उनको भनाई रहेको छ ।

चालु आर्थिक वर्षमा पनि दजैनौ खानेपानीका योजनाहरु सञ्चालनमा रहेको नगरपालिकाले जनाएको छ । भूकम्प पछि केही ठाउँमा पानीका मुहान सुकेका कारण सो ठाउँमा विकल्पको खोजी समेत भएको नगरपालिकाले बताएको छ । पानीका स्रोतहरु भएपनि आर्थिक अभावका कारण घर आँगनमा ल्याउन नसक्ने स्थानीयबासीलाई सहयोग गरेर पानीको अभाव पुर्ती गरिएको छ । सडकको कच्ची कटानका कामहरु अधिकांश ठाउँमा भइसकेकाले खानेपानी ,सिँचाई तर्फ बढी ध्यान दिनु परेको नगरपालिकाले बताएको छ । स्थानीयबासीलाई सक्रिया सहभागिता गराएका खानेपानी योजनाहरु निर्माण गरिएको बताएको छ । दुषित पानी प्रयोग गर्दा आइरहेका समस्याहरु बुझेर नगरपालिकाले शुद्ध पानी सबैको पहुँचमा पुर्ष्याउनका लागि यो कदम चालेको बताइएको छ । स्थानीय तहको बजेट निर्माण गर्दा विकास साझेदार निकायलाई पानीको समस्या हल गर्ने खालका कार्यक्रममा जोड दिन आग्रह गरिएको छ ।

नलगाडमा सबैका लागि दिगो खानेपानी, सरसफाई तथा स्वच्छता आयोजना समेत लागू भएको छ । आयोजनाका सरसफाइ तथा स्वच्छता सम्वन्धी अवस्था बुझन विज्ञको अनुगमण समेत गरिएको छ ।
आर्थिक बर्ष २०८२÷०८३ मा नलगाड नगरपालिकामा खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) इकाइले सरसफाइ तथा स्वच्छताको क्षेत्रमा काम भइरहेको नलगाड वास इकाइ संयोजक चन्द्र बहादुर पुनले जानकारी दिए । विस्तारित खानेपानी सुरक्षा अन्तरर्गत सागबारी खानेपानी आयोजना नलगाड–३ टट्टा र सालघारी खानेपानी आयोजना नलगाड–७ गरी दुइ वटा खानेपानी आयोजना निर्माणाधिन अबस्थामा रहेको संयोजक पुनले बताए । आयोजनाको मुख्य लक्ष्य सरसफाइ तथा स्वच्छता कायम गरि सभ्य र सुसंस्कृत समाजको परिकल्पना गर्नु रहेको बताउदै संयोजक पुनले ५९ वटा आधारभुत शौचालय, २५० वटा सुधारिएका शौचालय, ३९४ वटा हातधुने स्थान निर्माण गर्ने लक्ष्य लिएको जानकारी दिए ।

आगामी बर्षमा परियोजनाले २०८२÷०८३ मा नलगाड नगरपालिकामा ६ वटा खानेपानी आयोजना, ५ वटा शौचालय र पूर्ण सरसफाइ टोल घोषणाको तयारीलाइ पुरा गर्ने लक्ष्य राखेको संयोजक पुनले जानकारी दिएका छन् । स्थानीय जनप्रतिनीधि, आमा समुह, किशोरी समुह, बाल क्लव, स्वयंसेविका, विद्यालयको सहयोगमा वास इकाइको सहजीकरणमा पूर्ण सरसफाइ अभियान अगाडी बढाइने संयोजक पुनले बताए ।

सबैका लागी दिगो खानेपानी, सरसफाई तथा स्वच्छता आयोजना नेपाल सरकार र फिनल्याण्ड सरकार बीचको द्विपक्षिय सम्झौता अनुसार संचालित आयोजना हो । नेपाल सरकार, फिनल्याण्ड सरकार र युरोपेली युनियनको सहयोगमा सबैका लागि दीगो खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनाले पश्चिम नेपालमा अवस्थित कर्णाली प्रदेशमा आयोजना संचालनको लागि छानिएका गाउँ÷नगरपालिकाहरुमा संचालित रहेको छ ।

परिणामका क्षेत्रमा सबैका लागि खानेपानी सरसफाई तथा स्वच्छता सेवाका लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण , सक्षम वातावरण निर्माण लगाउतका उदेश्य रहेका छन् । त्यस्तै जलवायु उत्थानशिल सुरक्षित र निरन्तर खानेपानीको आपुर्ति र दिगो सरसफाई कार्यक्रमको लक्ष्य रहेको छ ।

स्थानीय बासिन्दाहरुको खानेपानी र सरसफाई जस्ता आधारभूत सेवामा उनीहरुको पहुँच, गुणस्तर र पानी सुरक्षाको सुनिश्चितताका साथै स्थानीय सेवा प्रदायकहरुको क्षमता अभिवृद्धि गरि मानव अधिकारमा आधारित मापदण्ड अनुसार योजना तर्जुमा र बजेट बिनियोजन गरि सेवा प्रवाहमा आयोजनाले लगानी गर्दै आएको छ ।





error: Content is protected !!