ठुलिभेरी नगरपालिका यस्तो छ नीति तथा कार्यक्रम , कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिई सबै कार्यालयमा सिसिटिभीबाट निगरानी हुने

हेमन्त केसी
डोल्पाको ठुलिभेरी नगरपालिकाले नीति तथा कार्यक्रम सार्वजानिक गरेको छ । नीति तथा कार्यक्रम नगरसभामा आज प्रस्तुत गरिएको हो ।
नीति तथा कार्यक्रमले सुशासन र सामाजिक न्याययुक्त समृद्ध ठूलीभेरी , सामाजिक, आर्थिकर भौतिक विकास सहितको समाजवाद उन्मुख प्रणाली भन्ने उदेश्य राखेको छ । आर्थिक समृद्धि, सामाजिक न्याय, गरीबी निवारण, रोजगारी सिर्जना र उद्यमशीलता विकास गरी समृद्ध नगर , सुखीनगरवासीको दीर्घकालीन परिकल्पना कार्यान्वयन गर्नठूलीभेरी नगरपालिकाको मार्गचित्र भन्ने नीति तथा कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।
कृषि क्षेत्रमा यस्तो छ नीति ?
किसानको उत्पादन प्रर्णालीलाई जोड दिदै स्वस्थ माटो, स्वस्थ जीवन भन्ने नाराका साथ माटो परीक्षण नतीजाको आधारमा कृषि चून प्रयोगलाई व्यापकता दिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । त्यस्तै किसानहरुकै जीवन स्तर सुधार गर्न स्थानीयस्तरमा गुणस्तरीय प्राङ्गारिक मल उत्पादन प्रविधि प्रसारका लागि एक पालिका एक कृषक पाठशाला सञ्चालन हुने भएको छ ।कृषकको पहुँच अभिवृद्धि गर्न प्राङ्गारिक मल तथा जैविक विषादी उत्पादन, ढुवानी तथा बिक्री मूल्यमा आवश्यक सहयोग गर्ने कार्यलाई प्राथमिकता दिइएको छ । कृषकलाई कार्यस्थलमा प्राविधिक सहयोग उपलब्ध गराउन घुम्तीकृषि प्राविधिक सहयोग कार्यक्रम सञ्चालन हुने भएको छ ।
प्रदेश सरकारको अर्गानिक कृषि अभियानलाई सफल पार्न ठुलीभेरी नगरपालिकाले एक गाउँ एक उत्पादन कार्यक्रम,एक घर एक बगैचा कार्यक्रम एक गाउँ एक पकेट क्षेत्र कार्यक्रम संचालन गरी पशुपालन तथा कृषि व्यवसायलाई जोड दिने दिनुका साथै कृषि पर्यटन प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्न नीति तथा कार्यक्रममा जोड दिएको छ ।
कृषि प्रसार सेवालाई प्रभावकारी बनाउन प्राङ्गारिक कृषि उत्पादन, प्रविधि प्रसार र पोषण सुधारको लागि वडा मार्फत उत्पादन सामग्री सहयोग गर्ने नीति सार्वजानिक भएको प्रमुख प्रशासकीय अधिकृत दिलप्रकास रोकायले जानकारी दिनुभयो । कृषि अनुसन्धानबाट विकसित कृषि प्रविधि प्रसारका लागि कृषि प्रसार शैक्षिक तरिका बनाउने नीतिमा रहेको छ । प्राकृतिक प्रकोपबाट कृषिबाली र पशु चौपायमा हुने क्षतिको जोखिम न्यूनीकरण गरी युवाहरूको कृषि तथा पशुपालनमा आकर्षण बढ़ाउन कृषि, पशुपन्छी र जडीबुटी बीमा कार्यक्रमलाई अझ गती दिइने उल्लेख रहेको छ । त्यस्तै कृषि उपजलाइ बजारसँग जोड्न कृषि बजार सूचना सेवा सञ्चालन हुने र सहकारी संस्थाहरुको साझेदारीमा कृषि उत्पादन, प्रशोधन र बजारीकरण गर्ने पहल कदमी रहेको छ ।
कृषिजन्य वस्तुको आयात प्रतिस्थापन गर्न दुनै तथा जूफाल वजार केन्द्रित गरी उत्पादनशील क्षेत्रमा व्यावसायिक बाली तथा पशुपन्छी विशेष उत्पादन क्षेत्र निर्धारण गरी कलस्टर खेती प्रवद्र्धन गर्ने नीति आएको उहाँले जानकारी दिनुभयो । स्याउ तथा ओखर विकास प्रवद्र्धन कार्यक्रमलाइ निरन्तरता दिदैं गुणस्तरीय उत्पादन तथा बजारीकरण सम्बन्धी कार्यक्रम सञ्चालन हुने उल्लेख छ । स्याउ, ओखर, कागती चिनो कागुनो फापर, सिमि जस्ता खाद्य र फलफूलहरुलाई व्यवस्थित गरि बजारीकरणमा समेत जोड दिइएको छ ।
पशुपक्षी क्षेत्रमा के के आयो नीति ?
अण्डा र मासु उत्पादनमा वृद्धी गर्न व्यवसायिक कुखुरा पालन कार्यक्रम संचालन हुने भएको छ ।युवा स्वरोजगार कार्यक्रम, किसान सूचिकरण कार्यक्रम संचालन गरी प्रत्येक किसानलाई किसान परिचयपत्रको व्यवस्था हुने उल्लेख गरिएको छ । पशु उपचार तथा खोप कार्यक्रमलाई निरन्तरता दिनुका साथै भूमिहीन, सीमान्तकृत तथा विपन्न वर्गका कृषकलाई खाद्य तथा पोषण सुरक्षा र जिविकोपार्जन सम्बन्धी विशेष कार्यक्रम सञ्चालन हुने भएको छ । स्याउको मार्फा, भेडा, च्याङग्रा र चौरीको ऊनबाट कपड़ा, राडीपाखीआदी बनाउने उद्योग सञ्चालन गर्न प्रोत्साहन हुने भएको छ ।
पशुपन्छीजन्य रोग नियन्त्रणका लागि खोप अभियान सञ्चालन गर्ने र पशुपन्छीको स्वास्थ्य उपचारसेवालाई भरपर्दों, दिगो, प्रभावकारी बनाउन नगरपालिकाको केन्द्र जुफालमा आधारभूत प्रयोगशाला ल्यावको निर्माण गर्ने नीतिमा उल्लेख रहेको छ । घुम्ती गोठ सञ्चालन गर्न भेड़ा, च्याङ्ग्रा र चाँैरी पालक कृषकलाई दिइदैं आएको पशु औषधि उपचार सहयोगलाई निरन्तरता दिने बताएको छ । मासु तथा दुधमा आत्मनिर्भर हुनेगरी उत्पादन सम्बन्धी कार्यक्रम अभियानको रुपमा सञ्चालन हुने भएको छ ।
पर्यटनको क्षेत्रमा के कुरा समेटियो त ?
पर्यटन प्रवद्र्धन गर्न ठूलीभेरी नगरपालिकामा पर्यटन गुरुयोजना कार्यान्वयनमा ल्याउने बताएको छ । उद्योग र पर्यटन प्रवद्र्धनका लागि आवश्यक पर्ने पहुँचमार्ग, खानेपानी, विद्युत प्रसारण लाइन लगायतका पूर्वाधार विकासमा प्राथमिकता दिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । प्रदेश सरकार र संघ सरकारको समन्वय र सहकार्यमा ठूलीभेरी नदीमा रÞ्याफ्टिङ्ग, अल्ट्रा म्याराथुन, हिमालयन ट्रेल रेस लगायतका साहसिक पर्यटकीय कार्यक्रमहरु सञ्चालन तथा प्रवद्र्धन गरिने भएको छ ।
पाटनहरु सफा गरिने
जडीबुटी प्रशोधन उद्योग स्थापना गर्न प्रोत्साहन गरिने भएको छ । जडीबुटी खेती विस्तार, भण्डारण, प्रशोधन र बजारीकरणका लागि यार्सागुम्बा, जटामसी, भोजपत्र लगायतका महत्वपूर्ण जडीबुटी पाइने पाटन तथा खर्कहरुको फोहोर व्यवस्थापन तथा दिगो व्यवस्थापनरण नीति बनाई कार्यान्वयन हुने भएको छ ।
यस्ता छन् सडक पूर्वाधारका मुद्धाहरु ?
स्थानीय सडक गुरुयोजनाका आधारमा वातावरणमैत्री र अपाङ्गतामैत्री सड़क आयोजनाहरु कार्यान्वयन गरिने भएको छ । सङ्घीय सरकार र प्रदेश सरकारको सहयोग , समन्वयमा ठूलीभेरी नगरपालिकाको रणनीतिक महत्वको रूपमा रहेका जैरी बेनी बाग्लुङ सडक, रुपपाटन रुकुम पूर्व सडक प्राथमिकताका साथ निर्माण गर्ने व्यवस्था लागि उच्च पहल गरिने भएको छ ।
जथाभाबी नयाँ सड़क निर्माण गर्ने परिपाटीलाई निरुत्साहित गर्दै सड़क पूर्वाधारको स्तरोन्नति र सड़क निर्माण गर्दा वातावरण मैत्री , दिगो विकास प्रणाली समेत समावेश गर्ने कार्यलाई प्रोत्साहन हुने भएको छ । सड़क सज्जालमा नजोडÞिएका स्थानहरुलाई सड़क सञ्जालसँग जोड़न सडकहरुलाई स्तरोन्नति गर्नुका साथै सड़क यातायातलाई सुरक्षित, भरपर्दो र दिगो बनाई बाहै्र महिना सञ्चालन गर्न नियमित मर्मत सम्भार र स्तरोन्नति गर्ने कार्यलाई निरन्तरता दिने भएको छ ।
खानेपानी क्षेत्रमा के के आयो नीति ?
मूल, ताल तलैया र पोखरीको संरक्षण र विकास तथा सङ्घीय सरकार र प्रदेश सरकारको समन्वय र सहकार्यमा बहुउपयोगी जलाशयहरूको निर्माण गर्ने नीतिमा उल्लेख छ । जलजन्य प्रकोपको जोखिममा रहेका बस्ती, पूर्वाधार तथा खेतीयोग्य जमीनको पहिचान गरी संरक्षणमा स्थानीय जनसमुदायसमेतको सहकार्यमा स्थानीय प्रविधिमा आधारित वातावरण मैत्री सहभागितामूलक संरचना निर्माण हुने भएको छ । एक घर एक धारा अभियानलाई निरन्तरता दिई नयाँ निर्माण हुने सबै खानेपानी प्रणालीमा गुणस्तर सुनिश्चित गरी विकास गर्ने र सञ्चालनमा रहेका प्रणालीहरूमा गुणस्तर अभिवृद्धिको लागि प्राथमकिताको आधारमा खानेपानी गुणस्तर सुधार कार्यक्रम सञ्चालन हुने भएको छ ।
स्वास्थ्य क्षेत्र
किशोरीमा देखिने गरेको पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न खोप अभियानलाई सङ्घीय सरकार र प्रदेश सरकारसँगको समन्वयमा सबै स्थानमा विस्तार हुने भएको छ । पूर्ण खोप अभियानको लागि खोजौ र खोपौ कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको छ ।
पोषण क्षेत्र
सुरक्षित मातृत्व, बाल स्वास्थ्य पोषण, खाद्य स्तरोन्नति लगायत प्रवद्र्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुनस्र्थापनाका कार्यक्रम तथा सुत्केरी पोषण कोसेली, महिला स्वास्थ्य स्वयंसेविका प्रोत्साहन, सामुदायिक स्वास्थ्य इकाइ र एम्बुलेन्स सेवा सञ्चालन गरिने भएको छ । गम्भिर प्रकृतिको रोग लागेका विरामीहरुलाई जम्मा खर्चको २५ प्रतिशत रकम नगरपालिकाले व्यवस्थापन गर्ने नीति रहेको छ । साझेदारीमा कम्तिमा पनि वर्षमा १ पटक वालरोग, स्त्रिरोग तथा नगर्ने रोगको विशेषज्ञ डाक्टरको सेवा संचालन गर्ने नीति लिइएको छ ।
शिक्षा
नगर शिक्षा योजनाको प्रभावकारी कार्यान्वयन, बाल संरक्षण नीति,आकस्मिक शिक्षा योजना तर्जुमा गरी कार्यान्वयन हुने भएको छ । सामुदायिक विद्यालयमा पूर्वाधार विस्तार तथा सुधारर शिक्षकको पेशागत विकासका कार्यक्रम सञ्चालन गर्न लागिएको छ । अंग्रेजी, गणित तथा विज्ञान विषयमा शिक्षक विद्यार्थी अनुपातउच्च रहेका तथा दरबन्दी नभएको आधारभूत तथा माद्यमिका विद्यालयका लागि थप शिक्षक अनुदान रकम उपलब्ध गराउने नीति लिइएको छ ।
संस्थागत क्षमता विकास गर्न सबै विद्यालयहरुमा बाल क्लब गठन हुने भएको छ । सार्वजनिक विद्यालयको शिक्षण सिकाईलाई प्रभावकारी बनाउन डिजिटल शिक्षा कार्यक्रम, अभिभावक शिक्षा तथा क्षमता विकास विद्यालय व्यवस्थापन समिति क्षमता विकास, प्रधानाध्याक तथा शिक्षक तालिम, प्रारम्भिक वालविकास तथा शिक्षालाई सिकाईको आधारको रुपमा अवलम्वन गरी शैक्षिक सामाग्री तथा शिक्षक तालिम संचालन हुने भएको छ । कक्षाकोठालाई वालमैत्री अपाङ्गमैत्री फर्निचर तथा शैक्षिक सामग्री युक्त बनाइने भएको छ । समुदायीक सिकाई केन्द्रको व्यवस्थापनमा सुधार गरी वास्तविका सिकाई केन्द्रको रुपमा विकास गरिने भएको छ । शैक्षिक डायरी निर्माण गरी प्रभावकारी कार्यान्वयन गरिने भएको छ ।
दरबन्दी मिलान, प्रधानाध्यापकसँग कार्य सम्पादन सम्झौता गरी उत्कृष्ट कार्यसम्पादन गर्ने विद्यालयलाई पुरस्कृत गरिने भएको छ । जिर्ण अस्थामा रहेका तथा हावाहूरीले वा अन्यकारणले छाना चुहीने वा भत्किएका विद्यालयहरुको तत्काल मर्मतको व्यावस्था गर्न भौतिक पूर्वाधार निर्माण गर्न संवन्धित निकायसँग सहकार्य गर्ने नीति रहेको छ ।
आगामी आर्थिक वर्षभित्र ठूलीभेरी नगरपालिकाको सबै वडाभित्र सबै इन्टरनेटको पहुँच सहित फोर नेटवर्क उपलब्ध गराउन सम्बन्धित निकायमा पहल हुने भएको छ ।आगामी आर्थिक वर्षको सुभारम्भबाटै कार्यालयको सुरक्षा, कार्यालयको पारदर्शिता र व्यवस्थापनको लागि सि.सि. टिभि क्यामेरा र बायोमेट्रिक हाजिरी कार्यान्वयनमा हुने भएको छ ।
यस्तो छ बजेटको आकार
५३ करोड २३ लाख ७९ हजार बजेट मध्य चालु तर्फ ३९ करोड ८६ लाख ७४ हजार रुपैँया रहेको छ । पुर्जीगत तर्फ १३ करोड ३७ लाख ५ हजार रहेको छ । बितिया समानिकरण तर्फ रु ९ करोड ८ लाख , प्रदेश सरकारको १ करोड ८ लाख , आन्तरिक आर्य १ करोड रहेको बताएको छ । संघीय सरकारको सशस्त्र २२ करोड ३४ लाख , सशस्त्र विशेष ३ करोड १३ , समपुरक तर्फ २ करोड ७५ लाख रहेको छ ।









