भारतको आक्रमणबाट कश्मीरमा कति भयो मानवीय क्षति

काठमाडौँ ः पहलगाम आक्रमणको १५ दिन पछि भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीरमा रहेका ९ आतङ्कवादी अड्डाहरूमा हवाई हमला गरेको छ । बुधबार राति करिब १ः३० बजे बहावलपुर, मुरिदके, बाग, कोटली र मुजफ्फराबादमा अपरेशन सिन्दूर अन्तर्गत आक्रमण गरिएको थियो।

यी तिनै स्थानहरू हुन् जहाँबाट भारतमा आतङ्कवादी हमलाहरूको योजना बनाइएको थियो र कार्यान्वयन गरिएको थियो। पाकिस्तानबाट प्राप्त स्थानीय रिपोर्ट अनुसार, बहावलपुरमा भएको हवाई आक्रमणमा परी ३० जनाको मृत्यु भारतीय सञ्चार माध्यम दैनिक भास्करले जनाएको छ ।

यद्यपि पाकिस्तानले आक्रमणमा तीन बालबालिकासहित सात जनाको ज्यान गएको बताएको छ । पाकिस्तानी सूचना मन्त्री अतुल्लाह तरारले भारतले सीमा नै पार गरेको प्रतिक्रिया दिँदै यसको प्रतिकार गर्ने चेतावनी दिएका छन्।

पाकिस्तानको इन्टर सर्भिसेज पब्लिक रिलेसन्सका निर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतले २४ वटा क्षेप्यास्त्र प्रहार गरेको जानकारी दिएका छन् ।

रातभर सुतेनन् मोदी, पूरै ध्यान पाकिस्तान लक्षित ‘अपरेशन सिन्दूर’मा

काठमाडौं ः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रातभर पूरै ध्यान कश्मिरमा चलाइएको ‘अपरेशन सिन्दूर’मा लगाएका छन् । एएनआईका अनुसार प्रधानमन्त्री मोदीले ९ वटा ठेगानामा हमला सफल भएको प्रतिक्रिया समेत दिएका छन् ।

भारतीय सेनाले अतिवादी गतिविधि गरेको आरोपमा जैश ए–मोहम्मद र लश्करका शीर्ष नेतृत्व रहेका क्षेत्रलाई निशाना बनाएको र आक्रमणका लागि तिनै क्षेत्रहरु छनोट गरेको हो ।

‘अपरेशन सिन्दूर’का कारण हवाई उडानहरु अस्तव्यस्त भए । इंडिगो एयरलाइन्सले उत्तरी भारतको आकाशमा हवाई क्षेत्रमा आएको परिवर्तनका कारण कयौं उडान प्रभावित भएको बताएको छ । उसका अनुसार श्रीनगर, जम्मू, अमृतसर, लेह, चण्डीगढ, धर्मशाला र बीकानेरबाट आउने जाने सबै उडानहरु डिले गरिएको छ ।

पाकिस्तानमाथि भारतले गरेको आक्रमणको कोडनेम ‘अपरेशन सिन्दूर’ दिइएको र जसको जानकारी अमेरिका, बेलायत, साउदी अरेबिया, युएई र रुसलाई दिइएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।





error: Content is protected !!