मुख्यमन्त्री कँडेलद्धारा कर्णालीका दश जिल्लाका प्रजिअसँग भिडियो संवाद

सुर्खेत / २३ वैशाख ः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दश जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग भिडियो संवाद गर्नुभएको छ ।
मुख्यमन्त्री कँडेलले भर्चुअल बैठक मार्फत १० जिल्लामा आउदै गरेको मनसुनजन्य र भइरहेको आगलागीजन्य विपदका कारण पुर्ननिर्माण, पुर्नस्थापना तथा प्रवलिकरणको विषयमा चासो देखाउनुभएको उहाँका प्रमुख स्वकीय सचिव सुर्यमणी गौतमले बताउनुभयो ।
त्यस्तै मुख्यमन्त्री कँडेलले १० जिल्लाको ,जिल्लागत बस्तुस्थिति जानकारी दिनुहुँदै प्रदेश सरकारबाट गर्न सक्ने व्यवस्थापनका विषयमा समेत छलफल भएको थियो । यि दुई शीर्षकमा प्रदेश सरकारले व्यहोर्ने ३० प्रतिशत रकम तत्काल व्यवस्था गर्ने मुख्ममन्त्री कँडेलले बताउनुभयो । २०७७ देखी हाल सम्मा सम्झौता गरेका पीडितलाई स्थानीय तहले २० प्रतिशत , संघ सरकारले ५० प्रतिशत र प्रदेश सरकारले ३० प्रतिशत व्यहोर्ने कार्यविधिमा उल्लेख रहेको छ ।
पीडितसँग सम्झौता भइसकेका लाभग्राहीहरूको विवरण र प्रदेश सरकारले व्यहोर्नुपर्ने रकम यथाशिघ्र माग गरेर पठाउन सम्बन्धित जिल्ला प्रशासनलाई निर्देशन दिइएको समेत उहाँले जानकारी दिनुभयो । प्रदेश सरकारले चार वर्ष देखि ३० प्रतिशत रकम पीडितलाई उपलब्ध नगराएका कारण यसै आर्थिक वर्षमा दिने व्यवस्था गर्नका लागि सम्झौता विवरण माग गरिएको छ । पीडितलाई तेस्रो किस्ता सम्मा रकम दिने कार्यविधिमा उल्लेख छ । कर्णालीमा झण्डै ८०० जना पीडितलाई ११ करोड रकम भुक्तानी गर्नुपर्ने जानकारी प्राप्त भएको गौतमले बताउनुभयो ।



