बजेट कार्यान्वयनको स्प्रीड बढाउन मुख्यमन्त्री कडेलको निर्देशन

सुर्खेत ः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले पूँजीगत बजेट कार्यान्वनको गति बढाउन मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका छन । चालु आर्थिक वर्षको तेश्रो त्रैमासिकको प्रगति समिक्षामा मुख्यमन्त्री कडेलले बजेट कार्यान्वयमा बाँकी अवधि महत्वपूर्ण हुने भएकोले बजेट कार्यान्वनको स्प्रीड बढाउन निर्देशन दिएका हुन ।
प्रदेश सरकारले चालु आर्थिक वर्षमा ८० प्रतिशत बजेट कार्यान्वयन गर्ने लक्ष्य राखेको छ । लक्ष्य अनुसार प्रगति हासिल हुन नसकेपछि मुख्यमन्त्री कडेलले हिजोको भन्दा जनशक्ति पर्याप्त हुँदा पनि पर्याप्त रिजल्ट नआउनुको कारणबारे सचिवहरु प्रश्न गरे । उनले भने, पहिला जनशक्ति पर्याप्त थिएन भनरे काम रोकिन्थे तर अहिले पर्याप्त जनशक्ति हुँदा पनि किन रिजल्ट निस्कन सकेनरुसमिक्षा गर्ने पर्छ ।
मुख्यमन्त्री कडेलले सुशासन र बजेट कार्यान्वयनमा अथक प्रयास गरेपनि सन्तुष्टी मिल्ने गरि प्रगति हासिल गर्न नसकिएको तर्फ मन्त्री तथा सचिवहरुको ध्यानाकर्षण गराए । उनले भने, हामीले साउनदेखि जुन हिसाबले मेहनत गरिरहेका छौँ तर मेहनतको प्रतिफल प्राप्त गर्न सकेनौँ । ’ आफना विषयगत मन्त्रालयको काममा चिठी मात्र पठाएर ढुक्कसँग बस्ने परम्पराले कतिपय कामहरु अलपत्र परेको बताउँदै मुख्यमन्त्री कडेलले सरकारी काम भएपनि ताकेत गर्न छोडन नहुनेमा जोड दिए ।
मुख्यमन्त्री कडेलले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारीमा लाग्न समेत निर्देशन दिए । उनले परम्परागत बजेट र कार्यक्रम भन्दा जनताले अनुभूति हुने गरि बजेटको तयारी गर्न मन्त्रीहरुलाई निर्देशन दिए । अनुशासनको नाम काम अडकाएर राख्ने नभई थिति बसाल्ने र मन्त्रालयले निकास निकाल्ने गरि काम गर्न पनि मुख्यमन्त्री कडेलले मन्त्री तथा सचिवहरुलाई निर्देशन दिए ।



