बुढानिलकण्ठ नगरपालिकासँग कर्णालीका छ पालिकाको शैक्षिक समझदारीमा सम्झौता

सुर्खेत / काठमाडौँको बुढानिलकण्ठ नगरपालिकाले कर्णालीका दुई जिल्लाका छ पालिकामा शैक्षिक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

जाजरकोटको भेरी नगरपालिका , छेडागाड ऽ कुशे , बारेकोट गाउँपालिका साथै डोल्पाको शे फोक्सुण्डो , ठुलिभेरी नगरपालिकामा शैक्षिक समझदारी पत्रमा हस्ताक्षर भएको बुढानिलकण्ठका शिक्षा महाशाखाका प्रमुख उपसचिव ललितविक्रम सिंहले जानकारी दिनुभयो । बुधबार डोल्पाका दुई स्थानीय तह र बिहीबार जाजरकोटका तीन स्थानीय तहसँग शैक्षिक क्षेत्रको सुधार तथा विकासका लागि समझदारी पत्रमा हस्ताक्षर गरिएको सिंहले जानकारी दिनुभयो ।

त्रिपुरासुन्दरी नगरपालिकाका तर्फबाट प्रमुख जनचन्द्र रोकाय, शे–फोक्सुण्डो गाउँपालिकाको तर्फबाट अध्यक्ष धावासम्दुक गुरुङ्ग र बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । त्यस्तै जाजरकोटको भेरी नगरपालिकाको तर्फबाट उपप्रमुख सिता जैसी , छेडागाड नगरपालिकाको तर्फबाट उपप्रमुख चन्द्रबहादुर थापाले हस्ताक्षर गनुभयो । कुशे गाउँपालिकाको तर्फबाट देवीका सिंहले हस्ताक्षर गनुभएको थियो । त्यस्तै बारेकोट गाउँपालिकासँग पनि सम्झौता भएको गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरीले जानकारी दिनुभयाे । बुढानीलकण्ठ नगरपालिकाकाको तर्फबाट नगरप्रमुख मिठाराम अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गनुभएको छ ।

दुई जिल्लाका चार स्थानीय तहको शैक्षिक क्षेत्रको विकास तथा एक अर्का पालिकामा भएका असल अभ्यासलाई सिको गर्ने गरी प्रमुखहरुबीच समझदारी भएका सिंहले जानकारी दिनुभयो । यस प्रकारको समझदारीले दुर्गमका पालिकाको शिक्षा क्षेत्रमा सुधार गर्न सघाउ पुग्ने उहाँको भनाइ छ ।





error: Content is protected !!