कर्णाली प्रदेशसभामा २३ फागुनमा प्रधानमन्त्रीले सम्वोधन गर्ने

सुर्खेत , १८ फागुन ः प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २३ गते कर्णाली प्रदेशसभामा सम्वोधन गर्नुहुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कर्णाली प्रदेशसभामा विशेष सवोधनको लागि कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले आज पत्र हस्तान्त्रण गरेपछि सम्वोधनको मिति तय भएको हो ।
मुख्यमन्त्री कँडेललका प्रमुख स्वकीय सचिव सुर्यमणी गौतमले भन्नुभयो ,‘ प्रदेश सरकारको अनुरोध बमोजिम सम्माननीय प्रधानमन्त्री बाट यही फागुन २३ गते दिनको २ बजे कर्णाली प्रदेशसभामा विशेष सम्बोधनको गर्ने कार्यक्रम छ । मुख्यमन्त्री कँडेलको हातबाट पत्र बुझेसँगै उक्त मिति फाइनल भएको हो । प्रधानमन्त्रीलाई बालुवाटारमा उक्त पत्र बुझाएको थियो ।



