देशको शुसासन देखि आर्थिक अवस्था नाजुक छ -वरिष्ठ नेता डाक्टर शेखर कोइराला


उहाँले यो पटकको महाधिवेशनमा आफू सभापतिका लागि अघि बढेको बताउनुभयो । उहाँले भन्नुभयो ,‘म सभापतिको उम्मेदवार हो भनिसकेको छु।’ अहिले देशको अवस्था निकै नाजुक रहेको बताउँदै उहाँले हामी सबैले निकै गम्भीर भएर अगाडि बढ्नुपर्ने अवस्था आएको बताउनुभयो । सरकार समेत यसमा गम्भीर बन्नुपर्नेमा उहाँले जोड दिनुभयो । कोइरालाले , हैन भने देश अप्ठ्यारोमा जान्छ । यो देशमा सुशासन छँदै छैन।’
अहिलेको गठबन्धनले ७ बुँदे समझदारी गरेको स्मरण गराउँदै उहाँले त्यो कार्यान्वयन नभएको आरोप लगाउनुभयो ।उहाँले पछिल्लो समय दुई ठुला दल मिले निरङ्कुशता हुन्छ भन्ने प्रसङ्गप्रति सहमति समेत जनाउनुभयो । कांग्रेस सत्ता पक्ष भएपनि आफूहरुले खबरदारी गरिरहेको बताउनुभयो । उहाँले सबै तीर खवरदारी गर्नुको विकल्प नभएको बताउनुभयो ।



