कर्णालीका ७९ पालिकालाई उछिन्दै संस्थागत मुल्यांकनमा फेरी नलगाड पहिलो

हेमन्त केसी
सुर्खेत , १ फागुन ः आब २०८०/ ८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा सुदुर पश्चिम प्रदेश अगाडी देखिएको छ ।
कर्णाली प्रदेशका ७९ पालिका मध्य जाजरकोटको नलगाड नगरपालिका पहिलो भएको छ । कर्णालीका ३८ वटा पालिकाले ९० प्रतिशत भन्दा माथी अंक ल्याएका छन् । सबै भन्दा बढी अंक ल्याउनेमा कर्णाली प्रदेशको जाजरकोटको नलगाड ९८.७५ ल्याई पहिलो भएको छ ।


दोस्रोमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका रहेको छ । चौरजहारीले ९७ अंक ल्याएर दोस्रो स्थान सुरक्षित गरेको छ । त्यस्तै रास्कोट नगरपालिका कालिकोट ९७.७५ अंक ल्याएर दोस्रो आएको छ । तिलागुफा नगरपालिका कालिकोट ९७.२५ अंक ल्याएर तेस्रो भएको छ । त्यस्तै सानीभेरी गाउँपालिका पश्चिमी रूकुम ९६.७५ , गुर्भाकोट नगरपालिका सुर्खेत ९५.२५ , दुल्लु नगरपालिका दैलेख ९४.२५ , जगदुल्ला गाउँपालिका डोल्पा ९६ , खार्पुनाथ गाउँपालिका हुम्ला ९४.५ , सिमकोट गाउँपालिका हुम्ला ९६ , ताँजाकोट गाउँपालिका हुम्ला ९४.२५ अंक ल्याएर उत्कृष्ट अंक ल्याएका छन् । ८० अंक कटाएका १३ वटा पालिका रहेका छन् ।


१० वटा पालिकाले ७० अंक कटाएका छन् । ६० अंक कटाएका पालिकाको संख्य ८ वटा रहेको छ । रुकुम पश्चिममा सबै भन्दा बढी सानीभेरी गाउँपालिका पश्चिमले ९६.७५ ल्याएर जिल्लाकै पहिलो भएको छ । दोस्रोमा आठबीसकोटले ९२.७५ र तेस्रोमा बाफिकोटले ९०.७५ अंक ल्याएको छ । सल्यानको दार्मा गाउँपालिका ९२.२५ अंक ल्याएर पहिलो र त्रिवेणी गाउँपालिका सल्यानले ९१.२५ अंक ल्याएर दोस्रो स्थान हात पारेको छ । ९०.७५ अंक ल्याएर कपुरकोट गाउँपालिकाले तेस्रो स्थान हात पारेको छ ।

सुर्खेतमा गुर्भाकोट नगरपालिका ९५.२५ अंक ल्याएर पहिलो , दोस्रोमा भेरीगंगा नगरपालिकाले ९४ ल्याएर दोस्रो भएको छ । तेस्रोमा राजधानी रहेको बीरेन्द्रनगर नगरपालिकाले ९१.२५ अंक रहेको छ । दैलेखका ११ पालिका मध्य नारायण नगरपालिकाले ९७ अंक ल्याएर पहिलो भएको छ । दोस्रोमा दुल्लु नगरपापलिकाले ९४.२५ अंक ल्याएको छ । तेस्रोमा डुङ्गेश्वर गाउँपालिकाले ९२.७५ अंक ल्याएको छ । जाजरकोटको नलगाड नगरपालिकाले सबै भन्दा बढी अर्थात कर्णालीकै पहिलो भएको छ । नलगाडले ९८.७५ अंक ल्याएको छ । दोस्रोमा ९३ अंकका साथ छेडागाड नगरपालिका दोस्रो भएको छ । तेस्रोमा ९१.५ अंक ल्याएर शिवालय गाउँपालिका चित्त बुझाएको छ ।

डोल्पाको जगदुल्ला गाउँपालिकाले ९६ अंक ल्याएर पहिलो , डोल्पो बुद्ध गाउँपालिकाले ९३ अंक ल्याएर दोस्रो स्थान ल्याएको छ । काइके र मुडकेचुला गाउँपालिकाले ९२.५ अंक ल्याएर तेस्रो स्थान हात पार्दै बराबर भएका छन् । जुम्लाको तातोपानी गाउँपालिकाले ९३.७५ अंक ल्याएर पहिलो , दोस्रोमा कनकासुन्दरी गाउँपालिकाले ९२ अंक र तेस्रोमा हिमा गाउँपालिका ८७.२५ अंक ल्याएको छ ।

कालिकोटमा रास्कोट नगरपालिका ९७.७५ अंक ल्याएर पहिलो , दोस्रोमा तिलागुफा नगरपालिकाले ९७.२५ अंक र तेस्रोमा सान्नी त्रिवेणी गाउँपालिकाले ९५ अंक ल्याएको छ । मुगुको मुगुम कार्मारोङ गाउँपालिकाले ८९ अंक ल्याएर पहिलो , दोस्रोमा खत्याड गाउँपालिकाले ८५.५ अंक र छायाँनाथ रारा नगरपालिकाले ८४.२५ ल्याएर तेस्रो स्थान हात पारेका छ ।

कुन प्रदेश के छ त अवस्था ?
सुदुरपश्चिमका ८८ वटा पालिका मध्य ८५ वटा स्थानीय तहको मुल्यांकनमा ९६.५९ प्रतिशत अंक प्राप्त गरेका छन् । दोस्रोमा कर्णाली प्रदेश आएको छ ।

कर्णालीका ७९ वटा पालिका मध्य ७५ वटा पालिकाको मु्ल्यांकन हुँदा ९४.९४ प्रतिशत अंक प्राप्त गरेका छन् । तेस्रोमा लुम्बिनी प्रदेश आएको छ ।

लुम्बिनीका १०९ पालिका मध्य ९८ वटा पालिकाको मुल्यांकन गर्दा ८९.९१ प्रतिशत अंक ल्याएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रकाशित गरेको विवरणमा उल्लेख रहेको छ । मधेश प्रदेशका १३६ वटा पालिका मध्य ११९ वटा पालिकाको मुल्यांकन गर्दा ८७.५० प्रतिशत अंक ल्याएका छन् ।

गण्डकी प्रदेशका ८५ वटा पालिका मध्य ६१ वटा पालिकाको मुल्यांकन गर्दा ७१.७६ प्रतिशत अंक ल्याएका छन् ।

बाग्मती प्रदेशका ११९ पालिका मध्य ८० वटा पालिकाको मुल्यांकन गर्दा ६७.२३ अंक प्राप्त गरेको पाईएको छ । ७५३ वटा पालिका मध्य हाल ६३० वटा पालिकाको मात्र संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजा आएको छ । मुल्यांकनका विषय तथा क्षेत्रहरु १० वटा रहेका छन् ।

शासकीय प्रवन्धमा ९ अंक , संगठन तथा प्रशासन ८, ,बार्षिक वजेट तथा बजेट व्यवस्थापन ११, वितिय तथा आर्थिक व्यवस्थापनमा ११ , सार्वजानिक सेवा प्रवाह १६ , न्यायिक कार्य सम्पादन ७ , भौतिक पूर्वाधार १३ , सामाजिक समावेशीकरण १० , वातावरण संरक्षण तथा विपद व्यवस्थापन ९ र सहकार्य समन्वय ६ अंक निर्धारण गरेर मुल्यांकनका सूचकहरु रहेका छन् । यिनै मुल्यांकनका आधारमा रहेर स्थानीय तहको मुल्याकंन हुँदै आएको छ ।





error: Content is protected !!