वर्षामा हिलाम्मे ,हिउँदमा हिउँ जमेपछि कर्णाली राजमार्गमा सधैँ सास्ती
नन्दा शाही
मुगु ,१५ पुस ः साविकको कर्णालीमा यातायात सञ्चालनमा समस्य हुँदै आएको छ । वर्षायाममा हिलाम्मे हुँदा यातायात सञ्चालनमा बाधा पुग्दै आएको छ भने हिउँद याममा हिउँले बाटो बन्द हुँदा यात्रा राेखिने गरेको छ । मुगु जिल्ला सदरमुकाम गमगढीबाट नेपालगन्ज तर्फ जाँदै गरेका तीन वटा यात्रुबाहक बस कर्णाली राजमार्ग अन्तरर्गत घुच्ची खण्डको सातमोड स्थित अलपत्र परेका छन् ।
सडकमा हिउँ र बरफ जमेका कारण बसहरू फसेपछि नेपालगन्ज जाने यात्रुहरू बिच सडकमै अलपत्र परेका थिए । सडकमा जमेको बाक्लो हिउँ र बरफले गाडी अघि बढ्न नसक्दा सबै यात्रु रातभर जागा बस्नु परेको बसका यात्री मनिका भामले जानकारी दिइन् ।
हिउँ र बरफ जमेकाले सातमोडमा गमगढि आउने र गमगढीबाट गएका सवारी साधनहरु आइतबारबाट रोकिएपनी सोमबार दिउसो ३ बजे तिर बाटोमा जमेको हिउँ र बरफ सडक डिभिजनका कर्मचारी र स्काभेटरले हटाउदा सडक सुचारु भैसकेको रारा छायानाथ यातायात प्रालिका सचिव सन्तोष शाहीले बताए ।
कर्णाली राजमार्गको यो खण्ड घुच्चीलेख तथा रारा राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्र भएर जाने भएकाले हिउँ जमेर र पानी पर्दा रुख ढलेर सधै सडक अवरुद्ध हुने गरेको छ । वर्षायाम समेत खोलामा पानी वढदा होस वा हिलामे हुँदा यस सडक खण्डमा सधैँ सास्ती हुने गरेको छ । साँघुरो बाटोमा मुस्किलले एक तर्फी यात्रा हुँने कर्णाली करिडोरमा मृत्यु मार्गको रुपमा उपमा पाउदै आएको छ । जुम्ला र कालिकोटको सिमाना नाग्मा बजार सम्मा मात्र पिच भएका कारण सजिलो भएपनि सो भन्दा माथीको सबै भाग कच्ची सडकले हैरान हुने गरेको छ ।
सबै भन्दा बढी अवरुद्ध हुने सडकको रुपमा यही रहेको छ । कर्णाली करिडोरमा यात्रा गर्ने सवारी साधनमा सास्ती धेरै हुने गरेको छायाँनाथ रारा नगरपालिका–११ रोवा स्थित प्रभात माध्यमिक विद्यालयका प्रधानाध्यापक रन्जना कर्णले जानकारी दिइन् । वर्षा याममा बादल लाग्न वित्तिकै यहाँको हवाई समेत अवरुद्ध हुने गरेको छ । मुगुको ताल्चा , हुम्ला विमानस्थल समेत हिउँका कारण अवरुद्ध हुने गर्दछ । चिसोका कारण बरम जमेपछि धावनमार्ग नै बन्द हुने गरेको छ ।
साघुरो बाटो , त्यसमा पनि कच्चीमा यात्रा गर्दा आफूहरु हैरान भएको यात्रुहरुको भनाई रहेको छ । त्यस्तै हुम्ला अझैँ सडक सञ्जालसँग सिधा जोडिन सकेको छैन । मुगु हुँदै हुम्ला जाने गर्दछ सडक । यातायातका साधनहरु सञ्चालनका लागि इन्धन समेत बाहिरबाट ल्याउनु पर्दा भाडा समेत भारी मात्रामा चर्को हुने गरेको छ । वर्षायाममा अधिकांश सडकहरु बन्द हुने गर्दछन् भने हिउद याममा पनि चिसोले समस्य हुँदै गएको छ ।