पायक पर्ने ठाउँमा पुल बनाउन माग

डोल्पा ः भेरी करिडोर अन्तरर्गत डोल्पाको ठुलिभेरी नगरपालिका–५ खदाङमा स्थित भेरी नदीमा निर्माण हुने पुल निर्माणमा विवाद भएको छ ।

जनताको पायक पर्ने ठाउँमा पुल निर्माण गर्न स्थानीयबासीले माग गर्दै पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य बीरबहादुर शाही र नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रामदिप आचार्यलाई ध्यानाक्रषण गराएका छन् ।

ठेकेदारले मनपरी तरिकाले पुल निर्माण गर्न खोजेपछि स्थानीयबासीहरुले पायक पर्ने ठाउँमा मात्र पुल बनाउन माग गरेको पूर्वमन्त्री शाहीले बताउनुभयो । स्थानीयबासीको मागलाई उचित तरिकाले सम्वोधन गर्ने पूर्वमन्त्री शाहीले जानकारी दिनुभयो ।





error: Content is protected !!