एनपीएलमा लिग चरणको अन्तिम खेल आज- कर्णाली पुग्ला त प्ले अफमा ?
काठमाडौं ः एनपीएल क्रिकेटमा आज लिग चरणको अन्तिम एक खेल हुँदैछ। विहान ९ बजे कर्णाली याक्सले क्वालिफायरमा पुगिसकेको सुदूरपश्चिम रोयल्ससँग खेल्दैछ।आजको खेलले कर्णालीको भाग्य निर्धारण गर्नेछ। आजको खेल हारे कर्णाली बाहिरिने सम्भावना रहेको छ। आइतबार भएको खेलमा काठमाडौं गुर्खाजले विराटनगर किङ्सविरुद्ध रोमाञ्चक जित हासिल गरेर प्लेअफ सम्भावनालाई जिवितै राखेको छ।
जितसँगै काठमाडौं सात खेलबाट आठ अंक जोड्दै अंकतालिकाको पाँचौं स्थानमा छ। शीर्ष चारभित्र रहेका सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सको समान १० अंक छ भने चितवन राइनोज र कर्णाली याक्सको समान आठ अंक छ। चितवनले नेट रनरेटका आधारमा प्लेअफमा स्थान बनाइसकेको छ। स्रोत ः थाहाखबर