जाजरकोटमा दश हजार छ सय बढी मत खस्यो

मोहन जंग शाही
जाजरकोट ः उपनिर्वाचन अन्तर्गत जाजरकोटको नलगाड नगरपालिका र कुशे –७ मा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । नलगाड नगरपालिकामा उपप्रमुख र कुशे –७ मा वडा अध्यक्षका लागि आज मतदान भइरहेको हो ।
कुशे गाउँपालिकाको २ वटा र नलगाड नगरपालिकाको २४ वटा मतदान केन्द्रमा मतदान भइरहेको हो । मतदान उत्साहपूर्वक रुपमा भइरहेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिले ३ बजेसम्म नलगाड नगरपालिकामा नौ हजार सातसय ४ र कुशे ७ को वडा अध्यक्षका लागि नौ सय अट्तालिस मत खसेको जानकारी गराएको छ ।
आजको मतदानका लागि कुशे ७ को वडा अध्यक्षका लागि १ हजार ३ सय २ र नलगाड नगरपालिकामा १६ हजार ४ सय ४९ गरी कुल १७ हजार ७ सय ५१ मतदाता छन् ।
अहिले सम्मको मतदान प्रतिशतलाई हेर्दा नलगाड भन्दा कुशे ७ मा धेरै मत खसेको देखिन्छ ।









