करार सेवाबाट हटाएको भन्दै कर्मचारीको आन्दोलन

 मोहन जंग शाही

जाजरकोट, ६ कात्तिक ः जाजरकोटको जुनीचाँदे गाउँपालिकामा बिभिन्न शाखामा कार्यरत करार कर्मचारीहरको म्याद थप नगरेको भन्दै २ बुदे माग राख्दै करार कर्मचारी संर्घस समितिले गाउँपालिकालाई ज्ञापन पत्र बुझायको छ । गाउँपालिकामा कार्यरत केही कर्मचारीहरुको मिलेमतोमा करारका कर्मचारीहरुको म्याद थप नगरिएको संघर्स समितिले आरोप लगाएका छन् ।

आन्दोलित कर्मचारीले जुनीचाँदे गाउँपालिकामा कार्यरत करार सेवाबाट हटाइएका ७६ जना करार सेवाका कर्मचारीको म्याद थप गर्न चेतावनी दिएका छन् । सेवाबाट हटाईएका कर्मचारीहरुको म्याद थप नगरिएम गाउँपालिकामा रहेका सम्पूर्ण करार सेवाका कर्मचारीलाई सेवाबाट हटाउन माग गरिएको छ ।

असोज १४ गते बसेको १२ औँ गाउँसभाबाट स्वीकृत दरबन्दी भन्दा बढी भएका कर्मचारीहरु हटाउने निर्णय गरि गत कात्तिक २ मा ७६ जना कर्मचारीको करार म्याद थप नगर्ने नगर्ने भन्दै जानकारी गराएको थियो ।





error: Content is protected !!