जाजरकोटका दलले मुख्यमन्त्री कँडेललाई बुझाए ध्यानाकर्षण पत्र

सुर्खेत , ६ कात्तिक ः विकास निर्माणका लागि भारी सम्भावना भएको जाजरकोटमा राज्यले लगानी गर्दा गर्न कम गर्दा आफूहरु समस्यामा परेको भन्दै जाजरकोटका राजनीतिक दलहरुले कर्णलीका मुख्यन्त्री यामलाल कँडेललाई १० बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् । भूकम्प गएको वर्ष दिन पुग्न लाग्दा सम्मा अस्थायी आवासको रकम नपाउनु दुखद भएको भन्दै यहाँका दलले मुख्यमन्त्रीसँग गुनासो सहितको पत्र बुझाएका हुन् ।
भूकम्प प्रभावित जिल्लाहरुको अनुगमनका निस्किएका मुख्यमन्त्री कँडेललाई जिल्ला स्थित दलहरुले ध्यानाकर्षण पत्र बुझाउदै अन्य थुपै विषयहरु उठाएको छ । संघीय सरकारले निर्माण गरिरहेको मध्यपहाडी राजमार्गको मन्ताभीर खण्डको निमार्ण कार्य नभएको विषयहरु समेटिएको छ । भूकम्पपछिको पुनर्निमाण, सहुलियत कर्जा उपलब्ध गराउने कुरालाई पनि मागमा समेटिएको छ । प्रदेश सरकारको मताहातमा रहेको जिल्ला अस्पताल जाजरकोटलाई विशेषज्ञ सेवा सहितको सेवा सञ्चालनका लागि आवाश्यक बजेट तथा जनशक्ति व्यवस्थापन गरिदिन आग्रह गरिएको छ । यस्तै जाजरकोट जिल्लाका विभिन्न ठाउँमा रहेका काईननाईट, टुरमालीन जस्ता बहुमुल्य पत्थर खानी, बारेकोटको फलामखानी उत्खनन् तथा प्रशोधनका लागि प्रदेश सरकारले बजेट व्यवस्था गरिदिन आग्रह गरेको छ ।
संघीय सरकारकै कार्यक्षेत्र भित्र रहेको नलगाड जलविद्युत आयोजना ४१७ मेगावाटलाई राष्ट्रिय गौरवका आयोजनाका रुपमा अगाडी बढाउन आग्रह गरिएको छ । संघीय सरकारको माताहातमा रहेको थलह चाँदे हुँदै जुम्ला जोडने सडक , थलह फुलकारी नदइडाव सडक , कुशे बाउली ढुंगा सडक , छेडा कचाली सडक , बारेकोट मुलसाव जुम्ला सडक निर्माण गर्न बजेट माग गरिएको छ । त्यस्तै सुयाडा , मष्टामन्दिर , पौराणिक स्तुपाहरु निर्माणका लागि ध्यान दिन अनुरोध गरिएको नेकपा ( माओवादी केन्द्रका प्रदेश कमिटिका सदस्या अमरसिंह राठोरले बताउनुभयो । टालेगाउँ ,पजारु र दहमा रहेका काइनाइट र टर्मालिन र बारेकोटमा रहेको फलामखानी प्रशोधन गर्नका लागि समेत पहल गर्न आग्रह गरिएको उहाँले जानकारी दिनुभयो । बैंकबाट लिएको कर्जा मिनाह गर्नका लागि नीति बनाइदिन समेत आग्रह गरिएको छ ।



