मुडकेचुला गाउँपालिकाको तल्लो भाग सडक सञ्जालसँग जोडियो

डोल्पा ः भारी चट्टाले निर्माण कार्यमा बाधा पुग्दै आएको त्रिबेणी डोल्पाको मुडकेचुला गाउँपालिकाको मालुवाकुनाको सडक निर्माण भएको छ । करिव ५ किलोमिलटर उक्त सडक जगदुल्ला जलविद्युत आयोजनाले निर्माण गरेको हो । भेरी करिडोर सडक खण्डको तीन जिल्लाको संगम स्थल त्रिबेणीबाट जगदुल्ला जलविद्युत आयोजनाको बाध स्थल सम्मा उक्त सडक पुर्याउने लक्ष्य रहेको छ ।

सडक खण्डको सर्वाधिक चुनौती मानिएको ठाउँमा अहिले सडक निर्माण भएको मुडकेचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो । ५ किलोमिटर चट्टान फोडेसँगै मुड्केचुला गाउँपालिका– १,२,र ३ सम्म सडक सञ्जालसँग जोडिएको अध्यक्ष शाहीले बताउनुभयो । जगदुल्ला हाईड्रोपावरले ठेक्का लगाएर शेर्पा निर्माण सेवा मार्फत सडकको काम भएको आयोजनाका प्राविद्यिक यूवराज बोहराले जानकारी दिनुभयो । भेरी करिडोर सडक आयोजनासँग अब मुडकेचुला गाउँपालिका पनि जोडिएको अध्यक्ष शाहीले बताउनुभयो । जुम्लाबाट भालुलेक हुँदै मुडकेचुला गाउँपालिकामा सडक जोडिएपनि जाजरकोट हुँदै जाने भेरी करिडोरसँग बल्ल जोडिएको उहाँले बताउनुभयो ।


आयोजनाले निर्माण गर्न लागेको त्रिबेणी स्थित भेरी नदी माथीको मोटरेवल पुल भने अझैँ निर्माण हुन सकेको छैन । क्याराभान निर्माण सेवाले उक्त पुलको ठेक्का लिएर अलपत्र पार्दै आएको छ । यो पुल निर्माण नभएका कारण झोलुङ्गे पुल मार्फत मोटरसाइकल तारेर सडक भेटाएर मुडकेचुला जाने गरिएको कालिकाका सरोज थापाले बताउनुभयो । आयोजनाको विद्युत उत्पादन गृह रहने इल हुँदै काइगाउँ सम्मा सडक पुर्याउने लक्ष्य रहेको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!