मयूर नाँच जोगाउन जुटे हल्चौरका यूवाहरु

जाजरकोट ः आधुनिक प्राविद्यिसँगै हराउदै गएको मयुर नाँच जाजरकोट नलगाड नगरपालिका–८ हल्चौरका युवाहरु संरक्षणमा जुटेका छन् । दशैं ,तिहार जस्ता पर्वहरुमा यहाँका युवाहरुले उक्त नाच गाउँ ,गाउँमा गएर प्रर्दशन गरि संरक्षणको अभियान चलाएको स्थानीयबासी विष्णु केसीले बताउनुभयो ।
युवाहरुले सक्दो रकम आफूहरुले जुटाएर मयुर नाँचका लागि चाहिने सामग्री खरिद गरेर गाउँमा मयुर नाँच गरिरहेको खत्रीले जानकारी दिनुभयो । पछिल्लो समय डेगबाट गितहरु बजाएर नाँच्ने चलन बाढीरहेको समयमा मयुर तथा सिगारु नाँचले गाउँमा रैनकता छाएको पञ्च भयार माध्यमिक विद्यालयका शिक्षक बीरबहादुर खत्रीले बताउनुभयो । अघिल्लो पुस्ताले गाउने , नाच्ने र पुरानो संस्कार संस्कृति संरक्षण गरेपनि पछिल्लो समय हराउदै गएका कला संस्कृति फेरी युवाहरु मिलेर संरक्षणको अभियानका लाग्दा आफूहरु खुसी भएको उहाँको भनाई रहेको छ ।
सल्यान , रुकुम पश्चिमको मग्मा लगाएतका ठाउँबाट सिकेर यहाँका युवाहरुले मयुर नाच गाउँमा प्रर्दशन गरिरहेका छन् । स्थानीयबासी हरिबहादुर खत्री भन्नुहुन्छ , ‘ पहिला हाम्रो पालामा केटाकेटीहरु गितबाट कुरा हुन्थे , आजभोलीको जस्तो मोवाइल थिएन । मादल , कुरकुटी , झ्यालीको सहायताले नाच्ने र गाउने काम हुन्थ्यो । ’ उहाँले थप्दै भन्नुभयो , ‘डोल्पाबाट बग्दै आयो कस्तुरीको विना ! वन वराउछ बयार्लैले , मन वराउछ किन ?। गैरीखेत घास खादै आए डोल्पाली घोडा , हजुरको मयुर नाचको बयानै सुनी आइगैँ बाबु, छोरा । यि टुकाहरु सिगारु नाचहरु हुन् ’ ।
मयुर नाच सँगै सिगारु नाच र यस्तै खालका गितले आजभोली हल्चौरको गाउँमा छुट्टै खालको रैनकता छाएको छ । मादल , नेवर , झ्याली , कुरकुटी , बासुरी र मयुरको प्याकको सहायताले मयुर नाच प्रर्दशन गरिन्छ । बाइसे ,चौसिसे राज्य हुँदा खगेनकोटी राजाले आफ्नी श्रीमतीले दाइजो स्वरुप जुम्लाबाट ल्याएकी भान्से ब्राहमणको बिहेबारी पछि बित्र्ता स्वरुप हल्चौरको माटो उपयूक्त मानि न्योपाने थरका ब्राहमणलाई ठुलो चौरमा हलो जोतेर दिएको कारण हल्चौर नाम रहन गएको खगेनकोटी खत्रीहरुको बंश वृक्ष कितावमा उल्लेख गरिएको छ । जुम्ला खल्डबाडाका न्यौपाने ब्राहमण हल्चौरमा बसेको कटुसको मसीले लेखेको उक्त कितावमा उल्लेख छ ।










