मेडिकल व्यवसायी दुर्गा प्रसाईं साइबर अपराध अभियोगमा पक्राउ

चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले साइबर अपराधसम्बन्धी अभियोगमा पक्राउ गरेको छ। आइतबार दिउँसो भक्तपुरस्थित उनको निवासबाट साइबर ब्युरोले उनलाई पक्राउ गरेको हो। साइबर ब्युरोका प्रमुख डीआईजी नवीन्द अर्यालले प्रसाईंलाई घरबाटै पक्राउ गरिएको पुष्टि गरेका छन्।

डीआईजी अर्यालका अनुसार, एक महिलाले साइबर अपराधसम्बन्धी उजुरी दिएपछि काठमाडौँ जिल्ला अदालतले विद्युतीय कारोबार ऐनको दफा सम्बन्धी मुद्दामा गत बुधबार पक्राउ पुर्जी जारी गरेको थियो। “हामी अनुसन्धानकै क्रममा छौँ, अहिले यसबारे थप विवरण दिन मिल्दैन,” डीआईजी अर्यालले भने।

प्रसाईंसँगै जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरुद्ध पनि अदालतले पक्राउ पुर्जी जारी गरेको छ। प्रहरी अनुसन्धान चलिरहेकोले थप विवरण खुलाउन समय लाग्ने जनाइएको छ।





error: Content is protected !!