कार दुर्घटनामा दुई नेपालीको मृत्यु
ओमानको नीज्वा इज्की रोडमा गत आइतबार भएको कार दुर्घटनामा दुई नेपाली नागरिकको मृत्यु भएको छ। राजधानी मस्कटस्थित नेपाली दूतावासका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा रूपन्देहीको तिलोत्तमा नगरपालिका निवासी नरबहादुर सारू र झापाकी समिता बुढाथोकी छन्।
दूतावासका अनुसार कार नरबहादुर सारुले चलाइरहेका थिए, र एक्कासि अनियन्त्रित भएर दुर्घटना हुँदा दुवैको घटनास्थलमै मृत्यु भएको हो। नरबहादुर सन् २०१८ देखि अल सीर कम्पनीमा मर्चनडाइजरको रुपमा कार्यरत थिए भने समिता दुई वर्षअघि मात्र ओमान गएकी थिइन् र वारदात अल साब अलधब्या हिना एन्ड ब्युटी सेन्टरमा हेयर स्ट्यालिस्टको रुपमा काम गर्थिन्।
दूतावासले कानूनी प्रक्रिया पूरा गरी नरबहादुर सारुको शव नेपाल पठाइसकिएको र समिता बुढाथोकीको शव पठाउने प्रक्रिया अन्तिम चरणमा रहेको जानकारी दिएको छ।