नलगाडमा विपदबाट हुने क्षती कम गर्न उत्थानशिलता लागू

DCIM100MEDIADJI_0105.JPG

जाजरकोट ः २० भदौ ः जाजरकोटको नलगाड नगरपालिकामा विपदबाट हुन सक्ने सम्भावित क्षतीलाई कम गर्न विपद उत्थानशिलता कार्यक्रम सुरु भएको छ ।
गत कात्तिक १७ गते रामीडाँडा केन्द्र विन्दु भएर गएको भूकम्पका कारण थिलोथिलो भएको नलगाडमा उक्त कार्यक्रमले बाढी तथा पहिरोको जोखिममा रहेका व्यक्ति तथा समुदायलाई विपदबाट हुन सक्ने सम्भावित क्षतीलाई कम गरि ज्यू ,धनको रक्षा तथा जोखिम समुदायको विपद उत्थनशिलता बढाउने कार्यलाई सहायता पुर्याउने नलगाड नगरपालिकाका नगरप्रमुख डम्वर रावतले बताउनुभयो ।
यूरोपियन यूनियानको आर्थिक सहयोगमा पिपुल इन निडको संयोजन तथा नलगाड नगरपालिकासँगको सहकार्यमा उक्त कार्यक्रम लागु हुन लागेको हो । पहिलो चरणमा नगरपालिकासँग मिलेर सर्वेक्षणको काम सुरु हुने नगरप्रमुख रावतले बताउनुभयो । उक्त सहकार्यमा बाढी पहिरोको अध्ययन ,भौगोलिक अध्ययन तथा बस्ती विकासका लागि ठाउँ छनोट लगाएका कामहरु हुने नगरप्रमुख रावतले बताउनुभयो ।





error: Content is protected !!