दर्ता विना चल्छ नलगाडको एम्बुलेन्स ?

जाजरकोट ः अरुलाई भारी मात्रामा सुशासनको गफ दिने नलगाड नगरपालिकाले आफैँले सञ्चालन गरेको एम्बुलेन्स दत्र्ता विना सञ्चालनमा रहेको पाइएको छ ।
तीन वर्षसम्म पनि नगरपालिकाले एम्बुलेन्स दर्ता नगरी विरामी बोकेको रकम असुल गर्दै आएको छ । विना दत्र्ता चलाएका कारण चालकलाई बाटोमा समस्या आउने गरेको चालक बताउँछन् । नगर एम्बुलेन्स नलगाडमा सञ्चालनमा आएको ३ वर्ष बितेको छ भने अहिलेसम्ममा रातो नम्बर प्लेटमा रहेको छ । साथै बिलबुक बिमा पनि छैन तर नगरपालिकालाई भने कर उठाउनै ठिक्क छ ।
नगर प्रमुख बताउँछन् यसको बारेमा आफूलाई केही जानकार नभएको बताए । यता नगर अस्पताल भने सेवा शुल्क कर सबै नगरले उठाउँछ यसको बारेमा नगरलाई थाहा हुनुपर्छ । एम्बुलेन्स कागजात पनि को सँग छ भन्ने थाहा नभएको नगर अस्पतालले बताएको छ । नलगाड बाट एक जना बिरामीको नेपालगञ्ज जाने आउने शुल्क भने २० हजार बढि लिने गरेको पाएको छ ।










