बारेकोटको लक्ष्य ः सबै घरमा पानी धारा देखि सुत्केरीलाई निशुल्क यातायात सेवा

   हेमन्त केसी
सुर्खेत , १२ साउन ः जाजरकोटको बारेकोट गाउँपालिकाले मानव र पशु घर अलग बनाउने नीति देखि गर्भवती ,सुत्केरीलाई निशुल्क यातायात सेवा सम्मका कार्यहरुलाई तिब्रता दिइएको छ । मानव , पशु अलग घर कार्यक्रम प्रदेश सरकारसँगको सहकार्यमा पालिकाले यो काम गरिरहेको गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरीले जानकारी दिए ।


मानव र पशुचौपाय एकै घरमा रहदा मानव स्वास्थ्यमा समस्य पर्न सक्ने भन्दै गाउँपालिकाले यो नीति लिई कामको सुरुवात गरेको अध्यक्ष गिरीले जानकारी दिए । वषौदेखि पशु चौपाय र मानिसहरु एकै घरका भुइातलामा पशुचौपाय र माथिल्लो तलामा मानिसहरु बस्दै आएको पालिकाले लिएको यो नीति पछि अब पशु घर ( गोठ) अलग बनिरहेका छन् । स्वास्थ्य तथा सरसफाइका हिसावले समेत यसलाई भारी मात्रामा राम्रो काम मानिएको छ । गरिवीका कारण गोठ अलग बनाएर पशु पालन गर्न नसक्ने स्थानीयबासीलाई यो पालिकाको कार्यक्रमले सघाउ पुर्याएको छ । विद्यार्थीलाई सुरक्षित रुपमा बस्नका लागि ५१ वटा सामुदायिक विद्यालयमा फर्निचर उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ ।


सडक निर्माणमा बारेकोट सक्रिया
त्यस्तै पालिकाले आर्थिक वर्ष २०८०÷८१ मा २ हजार ३५० मिटर नयाँ सडक निर्माण गरेको आफ्नो प्रगती विवरणमा राखेको छ ।
२ हजार ५०० मिटर सडक स्तरोन्नती गरेको र १५० मिटर सडक आरसीसी ढलान गरेको अध्यक्ष गिरीको भनाई रहेको छ । ५० मिटर सडकमा मेसिनरीवाल र १५७० ठाउँमा ग्याविनजाली लगाएको छ । पालिकामा विद्युतीकरण गर्नका लागि सडकको छेउछाउँमा ५० ठाउँमा पलामेपोल गाडेर विद्युत सेवा सूचारु गरिएको छ । भेरी करिडोरबाट नलगाड नगरपालिका हुँदै बारेकोट जोडने सडकले बारेकोटलाई जोडने गर्दछ । त्यस्तै खलंगा हुदै कुशे गाउँपालिकाको पाँचकाटियाँबाट नलगाडको वडा नम्वर केही भाग जोडदै बारेकोटको रामीडाडाँबाट अर्को सडक जोडिने गर्दछ । बारेकोटको सबै पालिकामा यातायातको पहुँच रहेको छ ।


निशुल्क सुत्केरीलाई यातायात सेवा
गाउँपालिकाले यहाँका सबै सुत्केरीलाई सही समयमा स्वास्थ्य संस्था पुग्नका लागि एक तर्फी यातायात सेवा निशुल्क गरेको जनाएको छ । एक ठाउँबाट अर्को ठाउँमा जानका लागि भारी समय लाग्ने बारेकोट गाउँपालिकामा कोही पनि समयमै सुत्केरी हुनका लागि समस्य भोग्नु नपरोस भन्दै निशुल्क यातायात सेवाको व्यवस्था गरिएको अध्यक्ष गिरीले जानकारी दिए । सुत्केरीलाई पालिका बाहिर लिएर उपचार गर्नुपरेमा एक तर्फी यातायात सेवा पालिकाले व्यवस्थापन गर्ने नीति तथा कार्यक्रममै व्यवस्था गरिएको छ ।


त्यस्तै पालिकाले मातृ तथा नवशिशु मृत्युलाई शुन्यमा झार्नैका लागि सुत्केरी ओसार पसार गर्न निशुल्क प्रस्तुती सेवा एम्वुलेन्स प्रदानका लागि बजेट व्यवस्थापन अर्को शीर्षकमा गरेको छ । सुत्केरीलाई बिभिन्न न्यानो कपडा , तथा पोसिलो खाने कुरा उपब्ध गराउनका लागि पालिकाले यस्तो व्यवस्था गरेको स्वास्थ्यकर्मी राममाया गिरीले जानकारी दिए । प्रदेश सरकारसँग मिलेर पालिकाले गाउँ, गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरि पालिका भित्र बसोबास गर्ने आम नागरिकको स्वास्थ्य अवस्था जाच्ने नीति तथा कार्यक्रममै राखेर आफ्नो कार्ययोजना अगाडी बढाएको छ ।

त्यस्तै पालिकाले दीर्घ रोगी र जटिल प्रकृतिको रोग लागेर उपचारमा असहजता आएका नागरिकका लागि आर्थिक सहायता गर्ने बताएको छ । आर्थिक अभावकै कारण कसैले समस्य भोग्नु नपरोस भन्दै अध्यक्ष गिरीले पालिकाले आफ्नो कार्यविधिमा भएको व्यवस्था अनुसार सहयोग गर्ने बताउनुभयो । पालिकाका सबै ठाउँमा यातायातको सहज पहुँच वृद्धिसँगै पालिकोले उपचार नपाएर कोही पनि गर्भवती तथा सुत्केरीको ज्यान नजाओस भन्दै यातायात सेवाको व्यवस्था देखि अन्य उपचारमा समेत सहजिकरण गरिएको अध्यक्ष गिरीले जानकारी दिए । पत्रकारिता फिल्ड तथा क्याम्पस अध्यपनबाट राजनीतिमा आएका गिरी उच्च शिक्षा हार्सिल गर्नुभएको छ । नेपाली , अंग्रेजी भाषामा राम्रो दख्खल राख्ने गिरी बारेकोट गाउँपालिकालाई भिन्न तरिकाबाट विकास निर्माण देखि सामाजिक कार्यमा जोड दिइरहनुभएको बीरेन्द्र एश्वर्य माध्यमिक विद्यालयमा प्रचार्य गोरखबहादुर सिंहले जानकारी दिए ।

खानेपानीका मुहान संरक्षणमा जोड
पालिकाले १,२,५ र ७ मा एक घर , एक धारा कार्यक्रम अनुसार ४६५ घरमा धारा जडान गरेको उपलब्धीमा राखेको छ । चालु आव तथा आगामी आबमा गरेर पालिकाका सबै ठाउँमा एक घर ,एक धाराको योजना सफल बनाउने उदेश्य रहेको गाउँपालिकाले जनाएको छ ।

बारेकोट गाउँपालिकाले पानीका मुहान संरक्षण गर्ने नीति समेत अवलम्वन गरेको छ । ठाउँ ,ठाउँमा सडक निर्माण तथा वन जंगल फडानी भएपछि पिउने पानीका मुहानमा समस्य परेको भन्दै पालिकाले पानीका मुहान संरक्षणका लागि नीति नै बनाई कामको सुरुवात गरेको अध्यक्ष गिरीले जानकारी दिए । जल उत्पन्न प्रकोप व्यवस्थापन नीति पालिकाले निर्माण गरेको छ । खानेपानीका मुहानको संख्य भेरै भएपनि सुद्ध पिउने पानीको अवस्था नभएको भन्दै पालिकाले सबै ठाउँमा घर ,घरमा सबैले शुद्ध पानी पिउने वातारण सिर्जना गर्न लागिएको पालिकाको दावी रहेको छ ।

प्रथम पञ्च वर्षीया योजना पूरा भएको र अधुरा रहेका योजनाहरु अर्को योजना निर्माण गरेर काम गर्न लागिएको छ । नलगाड जलविद्युत आयोजना निर्माण स्थल रहेको बारेकोट गाउँपालिकामा नलगाड नदीको उदगम स्थल समेत यही रहेको छ । जंगल , जमिन र जडीबुटीको राम्रो सम्भावना रहेको बारेकोट जिल्लाकै उत्कृष्ट पर्यटकीय स्थलमा रुपमा आफ्नो परिचय बनाउदै आएको छ ।

पालिकाले कति बनायो कानुन ?
कुल ४९ करोड २३ लाख रकम बजेट बिनियोजन गरेको बारेकोट गाउँपालिकाले हाल सम्मा २१ वटा ऐन , १ वटा नियामावली , ३४ कार्यविधि , १४ वटा निर्देशिका र ३ वटा नीति निर्माण गरेको जानकारी दिएको छ । अन्य कानुन निर्माण कार्य जारी रहेको अध्यक्ष गिरीले जानकारी दिनुभयो । आन्तरिक आम्दानी अत्यन्तै कम रहेको बारेकोटमा संघ तथा प्रदेश सरकारको अनुदानमा चल्दै आएको छ । प्राप्त बजेटलाई सही रुपमा परिचालन गरेर जिल्लाकै उत्कृष्ट पालिका बनाउने आफ्नो उदेश्य रहेको गिरीले बताए ।





error: Content is protected !!