मुख्यमन्त्री कंडेलद्धारा इद–उल–अज्हा (बकर इद) शुभकामना

सुर्खेत ः मुस्लिम समुदायको महान् पर्व इद–उल–अज्हा (बकर इद) अवसरमा इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्नुएको छ ।जात÷जाति, भेषभुषा, संस्कृति र परम्पराको विविधता रहेको हाम्रो मुलुकमा यो पर्वले एकता र सहकार्यको वातावणलाई अझ मजबुद बनाउने मुख्यमन्त्री कंडेलले विश्वास लिएको बताउनुभयो ।
आज शुभकामना सन्देशमा मुख्यमन्त्री कंडेलले मुस्लिम समुदायको ठूलो चाडको रुपमा रहेको यो पर्व आपसी रिस, राग र द्वेषलाई बिर्सेर भाइचारा र पारिवारिक मिलनको रुपमा मनाउने गरिएको उल्लेख गर्नुभएको छ ।
यस्ता खालका चाडपर्वका माध्यमबाट विभिन्न जातजाति तथा समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण सम्वर्द्धन हुनुका साथै जातीय, धार्मिक एवं सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र मेलमिलाप अभिवृद्धि भई राष्ट्रिय एकता थप सुदृढ हुने मुख्यमन्त्रीको अपेक्षा रहेको छ ।










