सबै पालिकाबाट अध्ययन गरि हलियाको समस्य समाधान हुने ः मन्त्री शाही

सुर्खेत ः सामाजिक विकासमन्त्री वीरबहादुर शाहीले कर्णालीका दलित समूदायका माग सम्वोधन गर्न र समस्या समाधान गर्न दलित विधेयक ल्याइएको बताउनुभयो ।

राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपाल र जिल्ला हलिया मुक्ति समाजद्धारा आयोजित कार्यक्रममा मन्त्री शाहीले सीमान्तकृत समूदायको उत्थानका लागि प्रदेश सरकारले विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउनुभयो । ‘हामीले दलित अधिकार स्थापितगर्न विधेयक ल्याएका छौं, त्यो सदनमा गइसकेको छ ।’ उहाँले भननुभयो , ‘सीमान्तकृत, पिछडिएका दलित समूदायको आर्थिक, सामाजिक स्थिति उकास्न सरकार लागिरहेको छ ।’ मन्त्री शाहीले कर्णालीका तीन जिल्लामा मात्रै नभई दश ओटै जिल्लामा हलिया रहेको बताउँदै पालिका स्तरबाटै अध्ययन गरेर संख्या कति छ, पत्ता लगाउनुपर्ने बताउनुभयो ।

यसका अलावा अब प्रदेश सरकारले बाँकी सातै जिल्लामा पनि अध्ययन गरेर हलिया समूदायलाई सीमान्तकृत भित्र भन्दा पनि अलग्गै राख्ने व्यवस्था गर्न जरुरी रहेको बताउनुभयो । कार्यक्रममा मध्यपश्चिम विश्वविधालयका उपप्राध्यापक उपेन्द्र विकले मुक्त हलियाबारेमा अर्थ राजनीतिक र समाजशास्त्रीय अध्ययन गर्न आवश्यक रहेको बताउनुभयो ।
हेमन्त केसी





error: Content is protected !!