बिउँमा आत्मनिर्भर बन्दै भेरी नगरपालिका

जाजरकोट ः उन्नत जातको बिउँ उत्पादन गरेर भेरी नगरपालिकालाई आत्मनिर्भर बनाएको भेरी नगरपालिकाको कृषि शाखाले अब हाईब्रिड बिउँ उत्पादन गर्न परीक्षण सुरु गरेको छ ।
भेरी नगरपालिका– २ आरुखेत स्थित रामपुर हाईब्रिड १० जातको मकैको बीउ उत्पादन गर्नका लागि कृषि विकास कार्यालयसँग सहकार्यमा परीक्षणको काम सुरु भएको कृषि शाखाका प्रमुख यज्ञ अधिकारीले जानकारी दिनुभयो । अघिल्लो वर्ष रामपुर हाईब्रिड १२ जातको मकैको बिउँ भेरी नगरपालिका–३ स्यालामा १ हेक्टरमा लगाएर सफल भएको प्रमुख अधिकारीले जानकारी दिनुभयो । उन्नतजातको बिउँ उत्पादनको काम सफल भई किसानहरुले आम्दानी लिन थालेपछि हाईब्रिड जातको बिउँ उत्पादनमा लागेको उहाँको भनाई रहेको छ ।
भेरी नगरपालिकाको किसानहरुलाई तालिम तथा बिउँ उत्पादन हुने देशका बिभिन्न ठाउँमा अनुगमण भम्रणमा जाने गरिएको उहाँले जानकारी दिनुभयो । भेरी नगरपालिकाबाट उन्नतजातका बिभिन्न तरकारी तथा खाद्य बालीका बिउँहरु उत्पादन भई बजारीकरणको काम समेत भइसहेको शाखाले जनाएको छ । हाईब्रिड बिउँ उत्पादन गर्न भने अन्य बिउँ उत्पादन गरेको जस्तो सजिलो नभएको अधिकारीले बताउनुभयो । एक महिना अघि देखि बिउँ लगाउने ठाउँको वरीपरी जमिन खाली गर्नुपर्ने हुन्छ उहाँले भन्नुभयो । , ‘ वरीपरीको जमिन खाली बनाएर पोथी र भाले रेखा निर्माण गरेर ७२ घण्टाको समय अन्तरमा बिउँ लगाउने पर्ने नियम छ । ’
भेरी नगरपालिकाले उन्नत जातको मकैको देउती ,मनकामना–३ जातको– भेरी नगरपालिका ७ रुपाकोट र मिथ्याङ्गामा २० हेक्टरमामा लगाउदै आएको छ । त्यस्तै सावित्री जातको धान भेरी नगरपालिका ३ होलुज्यूलामा १० हेक्टरमा लगाउदै आएको अधिकारीले बताउनुभयो । भेरी नगरपालिका १० सानिचोरमा ३ हेक्टर र भेरी नगरपालिका १ कालेगाउँ र स्यालामा गरि २ हेक्टरमा जमिनमा गहुँ ,प्याज,रायो,मुला,केराउ र सिमी लगाएतका तरकारी बालीको उन्नत बिउँ भेरी नगरपालिका २ बाहुनथानामा सात रोपनी र तिलिङ्गेमा छ रोपनीमा उत्पादन भईरहेको उहाँले जानकारी दिनुभयो । हाल रामपुर हाईब्रिड १० र १२ तथा सृजना टमाटरको बीउ कृषि विकास कार्यालय जाजरकोट र भेरी नगरपालिका जाजरकोटको समन्वयमा परिक्षण प्रदर्शनी भइरहेको उहाँले बताउनुभयो ।
भेरी नगरपालिकालाई बिउँमा आत्मनिर्भर बनाउन कृषि शाखाले अधिकांश कार्यक्रममा बिउँ उत्पादनमा जोड दिइएको छ । अधिकांश बिउँहरु भेरी भित्र उपलब्ध हुने गरेको छन् । बिउँकै लागि बाहिरी जिल्ला जानुपर्ने बाध्यता हटेको भेरी नगरपालिका–१ का कृषक शेरबहादुर खत्रीले बताउनुभयो । नयाँ नयाँ प्राविद्यिको विकास गरी अनुदानमुखी कार्यक्रमबाट कृषकलाई सहयोग हुँदै आएको उहाँको भनाई छ ।
हेमन्त केसी –––





error: Content is protected !!