डढेलोमा परी घाइते भएका नन्दरामको गयो ज्यान
सुर्खेत । कालिकोट जिल्लाको खाडाचक्र ५ ढाडगाँउ स्थित नबदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा घाइते भएका ५० बर्षिय नन्दराम चौलागाइको बुधबार मृत्यु भएको छ । नन्दराम चैत २ गते बाख्रा चराउन गएको बेला वनमा लागेको डढेलोमा घाइते भएका हुन । नन्दरामको सुर्खेत स्थित कर्णालि प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कर्णालि प्रदेश अस्पतालले जनाएको हो । प्रदेश अस्पतालका अनुसार , नन्दरामलाइ ४ दिनदेखि आइसियुमा राखिएको थियो । उपचारका लागि सबै प्रयास गरेपनि बचाउन सफल नभएको डाक्टर केएन पौडेलले बताए । नन्दरामको बिहिवार सुर्खेत स्थित भेरि नदिमा दाहसंस्कार गरिने आफन्त हिरामनि चौलागाइले बताए । आगोमा जलेर घाइते भएकि नन्दरामकी १२ बर्षिया छोरि हेमन्तिको सोमबार दिउँसो मृत्यृ भएको थियो । शुक्रबार घर मुनिको वनमा गोठालो गएका बुबालाइ दिउँसोको खाजा रोटि पुर्याउन गएकि हेमन्ती र उनका बुबा आगोमा जलेर घाइते भएका थिए । उनिहरूका ४५ वटा बाख्रा पनि जलेर नष्ट भएका हुन । घाइते दुबै बाबुछोरिलाइ शनिबार जुम्लाको कर्णालि स्वास्थ्य बिज्ञान प्रतिष्ठान देखि थप उपचारका लागि बेलुकि हेलिकप्टर बाट सुर्खेत लगिएको थियो ।