‘लाहोर १९४७’ मा सन्नी देओलकाे जाेडी प्रिति जिन्टा कन्फर्म

मुम्बइ, १ फागुन । अगस्ट २०२३ मा जब फिल्म गदर २ ब्लकबस्टर भयो, एक समाचार हेडलाइनमा थियो। अर्थात् आमिर खान र सन्नी देओलले राजकुमार सन्तोषीले निर्देशन गर्ने फिल्मका लागि हात मिलाएका छन् । यो फिल्मको नाम ‘लाहोर १९४७’ हो, जुन अहिले चर्चामा छ ।

यस फिल्ममा आमिर खानको क्यामियो रहने खबर छ र उनले यो फिल्म निर्माण पनि गर्दैछन् । पछिल्लो समय यसको स्टार कास्टलाई लिएर विभिन्न नामहरु आइरहेका छन् । अब अर्को खबर चर्चामा छ कि यस फिल्ममा प्रिती जिन्टालाई मुख्य अभिनेत्रीको रुपमा छनोट गरिएको छ । सन ९० को दशककी सुन्दर र प्रतिभाशाली अभिनेत्री प्रीति जिन्टा लामो समयदेखि फिल्मबाट टाढा रहेकी थिइन तर अहिले प्रीति यही फिल्मबाट बलिउडमा कमब्याक गर्दैछिन् । यसमा चाखलाग्दो कुरा के छ भने प्रीतिले सन्नी देओल र आमिर खान दुवैसँग उत्कृष्ट फिल्म दिएकी छिन् ।

‘लाहोर १९४७’ मा प्रीति जिन्टाको प्रवेश भएको छ । अभिनेता सनी देओलको फिल्म ‘लाहोर १९४७’ यतिबेला चर्चामा छ । ब्लकबस्टर ‘गदर २’ पछि सन्नीको यो अर्को फिल्म हो र यो पनि देशभक्ति प्रकारको फिल्म हुने भएकाले यो फिल्मको चर्चा छ । यो चलचित्रलाई आमिर खानले निर्माण गर्दैछन् भने निर्देशन राजकुमार सन्तोषीले गर्नेछन् । रिपोर्टका अनुसार अब यो फिल्ममा प्रीति जिन्टाको नाम पनि जोडिएको छ । हिन्दी फिल्म उद्योगका एक अनुभवी र उत्कृष्ट निर्देशकले यसबारे सञ्चारमाध्यमलाई बताएका छन् ।

खबरहरुका अनुसार राजकुमार सन्तोषीले सन्नी देओल र प्रीति जिन्टाको जोडीको बारेमा आफ्नो भावना व्यक्त गरेका छन्, उनले भने,  ‘लामो समयपछि प्रीति जिन्टा  ‘लाहोर १९४७’ बाट निकै महत्वपूर्ण भूमिकामा सिल्वर स्क्रिनमा फर्किने छिन् । वास्तवमा, उनी हाम्रो उद्योगमा सबैभन्दा प्रतिभाशाली, उत्कृष्ट र सबैभन्दा प्राकृतिक अभिनेत्री हुन्। उनले जस्तोसुकै क्यारेक्टर खेले पनि उनी आफूलाई त्यसमा पूर्ण रूपले ढाल्छिन् र त्यही भएर मानिसहरुले उनलाई मन पराउँछन् ।

फिल्मको सबैभन्दा चाखलाग्दो कुरा प्रीति–सनीले यसअघि पनि सँगै काम गरिसकेकाले यो अनस्क्रिन जोडीलाई दर्शकले मन पराएको निर्देशकले बताए । यस फिल्मको स्क्रिप्ट अनुसार सन्नी प्रीति परफेक्ट स्टार कास्ट साबित हुनेछन् । यो प्रभावशाली ट्र्याक रेकर्ड र धेरै प्रतिभाशाली व्यक्तिहरू फिल्मको लागि एकसाथ आउँदैछन्, यो भन्न सुरक्षित छ कि ‘लाहोर १९४७’ एक अद्भुत फिल्म हुनेछ ।

तपाइको जानकारीको लागि सन्नी देओल बाहेक सो फिल्ममा प्रीति जिन्टा, आमिर खान, शबाना आजमी र शिल्पा शेट्टी पनि देखिनेछन् । यो फिल्म २०२५ मा रिलिज हुने जनाइएको छ । उल्लेखनीय छ कि सन्नी देओल र प्रीति जिन्टाले दिल्लगी, द हिरो, ये रास्ते है प्यार के, फर्ज, भैयाजी सुपरहिट र हिरोजस्ता फिल्ममा सँगै काम गरिसकेका छन् ।





error: Content is protected !!